शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिलो–चिसो कपडा, तातो पोजमा ‘असारे पन्द्रका मोडलहरु’

आइतबार, १५ असार २०७६, १९ : २२
आइतबार, १५ असार २०७६

बुटवल– आईतवार गुल्मीको अर्जै फुलवारीमा आईरन लगाएको सर्ट पाईन्ट र स्टकोटमा सजिएका जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, त्यतिकै सजिएका मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा, ब्लज र साडीमा सजिएकी उपप्रमुख देवा अर्याल, किसान महासंघका केन्द्रीय सदस्य, शेषकान्त गौतम सोही गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरी लगायतका नेता र जनप्रतिनिधिहरु स्थानयको भाषामा जनता जाने लुगामा थिए । मालिका गाउँपालिकाले आयोजना गरेको १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउने औपचारिक कार्यक्रमको दृश्य थियो त्यो ।  

औपचारिक कार्यक्रमपछि बाली गीत गाउँदै नौमती बाजा ताल बजाउँदै र नाच्दै लाग्यो टोली रोपाई गर्न अर्जै फाँटतिर । अर्जै फाँट बरिष्ठ लोक गायक बोमबहादुर कार्कीको  छिमेकी गाउँ पनि हो । वाली गीतका अलवा उनले गाएको– ‘डाँडैको देवी देउराली माया हो, पात बजाउँदै झरे है ओराली मै बस्छु सम्झी झलझली’ भन्ने गीत पनि गाइयो र सनाईले त्यही लय छोपेर हुटिङ्गका साथ नाच सुरु भयो ।

खेतको गरातिर पस्नुपूर्व स्टकोट त खोले जनप्रतिनिधि र नेताहरुले अरु कपडा भने खोलेनन् ।  हेर्नुस् है छ्यापछ्पचाँही नगरौं, माटाको टिका मात्रै लगाउँ भनेर हिलाएको गराभित्र पसेका उनीहरुलाई रोपारेहरुले  पहिला हल्का स्वागत गरि क्रमशः रोपारेहरुले समातेरै हिलामा गाड्ने गरि आक्रामक भए । 

उनीहरुको आक्रमण रिस–रागको  थिएन । असारे  १५ संस्कृति संरक्षण सँगै सद्भाव आदानप्रदान थियो । हिलोबाट निकै जोगिन खोजेका नेता र जनप्रतिनिधिहरु क्षणभरमै अनुहार नचिन्ने भए ।  हिलोबाट तर्किदै रोपाईँमा सहभागि भएका महिला त्यस माथी अलि राम्ररी र भर्खरकी देख्यो कि पुरुषले छ्याप्न सुरु गरि हाल्ने । उनिहरुको पालो नजिस्काउनु बैरागीलाई जिस्काई फासो होला भने झै सुरु गरि  हिलो छ्याप्पाई युद्ध ।  सहनै   पर्छ  भन्ने छ र ?  उनीहरु पनि के कम ? पुरुषलाई समातेर हिलो भित्र गाड्न पनि पछि परेनन् ।

पहिलो छ्यापाईको दोहरो भिडन्तले मनमा हंगामा मच्चाएर हो कि थप आक्रमक बन्दै थिए तरुणहरु  ।  स्थिति यस्तो बन्यो आफैलाई खिच्दै गरेको पत्रकारको क्यामरा जोगाउने प्रयास हुँदाहुँदै पनि दोहोरो भिडन्तको गोलीरुपी हिलो क्यामराको लेन्समा समेत जम्न पुग्यो ।

अजैफाँटको त्यो रोपाई जात्रापछि  जिल्ला कै प्रसिद्ध चौरासी फाँटमा आई पुग्दा महिला पुरुषको हिलोयुद्ध वारकी पारको अवस्थामा थियो । त्यस युद्धरत युृवतीहरु आफुलाई ‘आईरन बडि’ ठान्दै थिए । उनका विपरित लिङ्गहरु आफुलाई ‘आईरन कट आइरन’ ठान्दै थिए ।

दुबै पक्षले आफुहरुलाई भन्यो– ‘हो हामी असारे १५ का मोडलहरु हो ।   ‘आइरन कट आइरन’ हरुले मात्रै होइन,‘आइरन बडि’हरुले समेत असारे १५ का मोडलिङ्गको जस्तो सुकै पोज दिन हिच्किचाएनन् । 
उनीहरुले सोही पोजमा गीत समेत गाएर हट पोजमा हिलाम्मे खेतमा नाचेर समेत उन्माद मच्चाए । त्यो ईस्मा गाउँपालिकाको आयोजना थियो । त्यसैदिन विरामी परेर तम्घास गएको बताइने गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट नभएपछि आयोजकको नेतृत्व उपप्रमुख विमला  खत्रीले गरेकी थिइन् ।

उनी पनि औपचारिकताको सिमामा बाँधिरहन सकिनन् । असारे १५ को आम रौनकसँग घुलमिल गरिन र बाजा तालमा समेत नाचेर रौनक थपिन् । सिमा नाग्दै गरेको वातावरण जब टुङ्गिन बाध्य भयो तब साँझ र पर्न थाल्यो अतिथिहरुको विदाइले । त्यसबेला पनि केहि समूह झुम्दै थियो । 

जिल्ला सदरमुकामबाट पुगेको टोली भने फर्किदै गर्दा बस्न पाए पनि हुने रै’छ भन्दै पछुतो प्रकट गर्दै थियो । जसले अर्को सालको असारे पन्ध्र  कुर्ने नै छ ।  असार १५ को रोपाई महोत्सव मनाउन धुर्कोट गाउँपालिकाले  बेलटारीको किटेनी फाँटमा पनि को भन्दा के कम ? को रोपाई महोत्सव राखेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप