शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'हामीलाई जसरी पनि बिजुली चाहिएको छ, ९ हजार मेगावाट किन्ने सोचमा छौँ'

बङ्गलादेशी राजदूत मास्फी बिन्ते साम्ससँगको अन्तरवार्ता
आइतबार, १५ असार २०७६, १३ : २९
आइतबार, १५ असार २०७६

नेपालका लागि बङ्गलादेशकी राजदूत हुन् श्रीमती मास्फी बिन्ते साम्स । ६ वर्षदेखि नेपालमै कूटनीतिज्ञका रूपमा रहेकी मास्फीकै पहलमा नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात गर्ने कुराको चर्चा चलेको थियो ।

विभिन्न चरणमा भएको छलफलपछि २१ जुन, २०१९ मा नेपाल र बङ्गलदेश सरकारबीच विद्युत् खरिद गर्ने सम्बनधमा एमओयूसमेत भयो । एमओयु पछि अब दुवै देशका अधिकारी सम्मिलित समितिले मापदण्ड आदि बारे निर्णय गर्दै खरिद प्रक्रियाबारे टुङ्गो लगाउनेछ ।

जेहोस् नेपालले अब केही वर्षमा नै नेपालमा उत्पादित विद्युत् बङ्गलादेशमा बेच्ने गरी काम गरिरहेको छ र सन् २०२० पछि यसको सुरुवात हुने अपेक्षा गरिएको छ । यसै सम्बन्धमा नेपालले बङ्गलादेशसँग गर्ने विद्युत् व्यापारको सन्दर्भ, बङ्गलादेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सवाल र दुई देशबीचको पर्यटन तथा व्यापारका सम्बन्धमा रातोपाटीका संवाददाता मदन ढुङ्गानाले राजदूत महामहिम मास्फी बिन्ते साम्ससँग कुराकानी गरेका छन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

एक साता अगाडि अर्थात् सन् २०१९ जुन २१ मा नेपाल र बङ्गलादेशबीच महत्त्वपूर्ण सहमति भयो । सैद्धान्तिक सहमतिअनुसार नेपालमा उत्पादन भएको बिजुली बङ्गलादेशले डलरमा किन्नेछ र उक्त प्रस्ताव बङ्गलादेशले सन् २०१४ मै राखे बमोजिमको हो । यो सहमतिलाई कत्तिको महत्त्वपूर्ण ठान्नुभएको छ ?

जुन २१ मा कुनै सम्झौता हस्ताक्षर भएको छैन । खासमा अघिल्लो वर्षको अगस्टमै बङ्गलादेशको ऊर्जा मन्त्रालयका राज्य मन्त्री र नेपालको ऊर्जा तथा जलस्रोत मन्त्रीबीच एमओयूमा हस्ताक्षर भएको थियो । यो बिजुली र ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा केन्द्रित एमओयू हो । त्यस एमओयूअन्तर्गत दुई पक्षले संयुक्त सञ्चालन समिति र संयुक्त निर्देशन समिति बनाउने सहमति भएको छ । यसमा दुई देशका सम्बन्धित मन्त्रालयका सचिव र सहसचिव रहनेछन् । यसलाई नेपाल र बङ्गलादेशबीच बिजुली व्यापार खोज गर्ने अधिकार हुनेछ । 

बङ्गलादेशले पछिल्लो समय उच्च आर्थिक वृद्धि हासिल गरिरहेको छ । यसले गर्दा हामीले उत्पादन गर्ने २० हजार मेगावाट बिजुली पनि हामीलाई कमी भइरहेको छ । अझ सन् २०४० सम्म हाम्रो बिजुली माग ४० हजार मेगावाट पुग्ने अनुमान गरिएको छ । यस कारणले हामी ऊर्जा अभाव भोगिरहेको देश हौँ । हामीले विभिन्न स्रोतबाट ऊर्जाको मागलाई पु¥याउनुपर्ने हुन्छ । नेपाल त्यसको एउटा विकल्प हो । हामीले अहिले नै भारतबाट बिजुली आयात गरिरहेका छौँ । हामीले नेपाल र भुटानबाट बिजुली किन्ने बारे सोचिरहेका छौँ । हाम्रोको माग धेरै भएकोले हामी ९ हजार मेगावाट बिजुली आयात गर्ने सोच बनाएका छौँ । नेपाल जलविद्युतमा धनी भएकाले दुवै देशलाई फाइदाको अवस्था आउनेछ ।

यस्तोमा दुई देशका सचिवबीच नेपालमा अघिल्लो डिसेम्बरमा भेट भयो । हालैको भेट दोस्रो भेट हो जसमा विद्युत व्यापारको थप विवरणहरु छलफल भयो ।


अहिलेको बिजुलीको उत्पादनले नेपाल आफ्नै आवश्यकता पूरा गर्न सक्ने अवस्थामा छैन । नेपाल बिजुली पर्याप्त हुने देश बनेपछि बिजुली आपूर्ति गर्ने कुरा नेपालमा भर पर्छ ।


बङ्गलादेशले ९ हजार मेगावाट बिजुली नेपालसँग मात्र किन्ने हो कि भारत, भुटान र नेपाल गरी तीन देशसँग मिलेर किन्ने हो ?

नेपालले नै ९ हजार मेगावाट बिजुली बेच्न सक्छ भने त्यो पनि राम्रो हो । ९ हजार मेगावाट फेरि साङ्केतिक अङ्क मात्र हो । त्यसमा धेरै थोरै जे पनि हुन सक्छ ।

तर नेपालबाट बङ्गलादेशमा बिजुली बेच्नका लागि भारतको बाटो प्रयोग गर्नैपर्छ । भारतमा प्रसारण लाइन नबनी नेपालले बङ्गलादेशमा बिजुली बेच्न सक्दैन । यसका लागि भारतले प्रसारण लाइन देला ? यसको चुनौती कतिको छ ?

अनुमतिको कुरा निर्णय गर्ने त भारतको हातमा छ । तर अहिले विद्यमान क्षेत्रीय संयन्त्र जुन हामीसँग छ, त्यसले बङ्गलादेश र नेपालबीच बिजुली व्यापारलाई बाटो खुल्ला गरेको छ । यसमा भारतमा अलग प्रसारण लाइन निर्माण गरेर पनि हुन सक्छ अथवा भारतकै विधामान प्रसारण लाइन प्रयोग गरेर पनि हुन सक्छ । यही कुराको छलफलका लागि दुई देशका सचिव भेटेका हुन् । पछिल्लो बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रले ऊर्जा सम्झौता गरेका छन् । सार्क सदस्य राष्ट्रबीच पनि बिजुली ग्रिड निर्माणको सम्झौता छ । विद्यमान कुनै पनि संयन्त्रलाई प्रयोग गरिनेछ । प्राविधिक पाटोले ऊर्जा व्यापारमा अवरोध ल्याउँदैन भन्ने मलाई लाग्छ ।

तपार्इंको विचारमा नेपालको बिजुली बङ्गलादेश सप्लाई हुने अवस्थाका लागि कति समय लाग्ला ?

अहिलेको बिजुलीको उत्पादनले नेपाल आफ्नै आवश्यकता पूरा गर्न सक्ने अवस्थामा छैन । नेपाल बिजुली पर्याप्त हुने देश बनेपछि बिजुली आपूर्ति गर्ने कुरा नेपालमा भर पर्छ ।

बङ्गलादेशले खासमा आफै लगानी गरेर बिजुली लैजान चाहेको हो कि नेपाल सरकार आफै वा निजी लगानीकर्ताले उत्पादन गरेको बिजुली किन्न खोजेको हो ?

हामी सबै विकल्पमा खुल्ला छौँ । हामीले धेरै पटक भनेका पनि छौँ– हामी नेपालको ऊर्जा क्षेत्रमा अर्बौं डलर लगानी गर्न सक्छौँ । हाम्रो निजी क्षेत्र पनि लगानीको लागि इच्छुक छन् । हामी संयुक्त लगानीका परियोजना गर्ने अथवा नेपालबाट सीधै बिजुली किन्नेजस्ता जुनसुकै विकल्पका लागि पनि तयार छौँ । हामी सबैको लागि लचक छौँ । हाम्रो कुनै पनि निश्चित मान्यता छैन । हामी दुवै पक्षलाई फाइदा हुने जुनसुकै विकल्पका लागि तयार छौँ । हामी आफै लगानी गरेर वना इक्वुटी सेयर आदिको माध्यमबाट पनि जान तयार छौँ ।

यसको मतलब बङ्गलादेशलाई जुनसुकै विकल्प होस्, बिजुली चाहिएको छ ।

हो, हामीलाई बिजुली चाहिएको साँचो हो । तर यो सफा माध्यमको हुनुपर्छ किनकि हामीहरु कार्बनमा आधारित बिजुलीको माध्यमबाट कार्बन उत्सर्जन नगर्ने विकल्पतर्फ अघि बढिरहेको अवस्थामा हाइड्रो एकदम राम्रो विकल्प हुनेछ ।


नेपालबाट इन्जिनियरिङ, फार्मेसी, व्यापार, कृषि, आईटी र अरू पनि विषयमा निवेदन प्राप्त भइरहेको छ । चारमध्य एउटा आवेदन विविध विषयमा छन् । हामीहरु सबै विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्छौं ।


बङ्गलादेशले नेपालबाट किनेको बिजुली कुन कुन काम वा उत्पादनका लागि खर्च गर्ने योजना बनाएको छ ?

त्यस्तै निश्चित क्षेत्र पहिचान भएको छैन तर त्यो जुनसुकै हुनसक्छ । त्यो उद्योग अथवा अन्य जुनसुकै क्षेत्र हुन सक्छ । मुख्य कुरा हामीलाई बिजुलीको अभाव हुनेवाला छ । त्यसलाई पूर्ति गर्नुपर्ने हुनसक्छ । ग्रिडमा हालिएको बिजुली जहाँ बिजुलीको माग हुन्छ, त्यही खपत हुन्छ ।

बिजुलीको प्रयोगसँगै खनिजजन्य इन्धनको निर्भरतामा कमी ल्याउला र यसले औद्योगिक साथै आर्थिक क्रान्ति ल्याउँछ भन्नेमा कत्तिको विश्वास लागेको छ ?

तपाईंले ख्याल गनुपर्छ कि बङ्गलादेश अहिले औद्योगिक क्रान्तिबाट गुज्रिरहेको छ । यो अहिले एसियामा सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि भइरहेको देश हो । यो वर्ष हाम्रो देशको कुल ग्राहस्थ उत्पादनमा वृद्धि ८ प्रतिशत थियो । हामी अति गरिब देशको अवस्थाबाट मध्यम आय भएको देशमा स्तोरोन्नति गरिसकेका छौँ । आईएमएफजस्ता संस्थाले बङ्गलादेशको वृद्धि झनै माथि हुने पूर्वानुमान गरेका छन् । यो गतिलाई कायम राख्ने हो भने बिजुली चाहिन्छ । हाम्रोको आर्थिक वृद्धिको आधार उत्पादन क्षेत्र रहेकाले त्यसका लागि बिजुली आवश्यक हुन्छ । त्यसको साथै बङ्गलादेशको नागरिकको प्रति व्यक्ति आय बढेर अठार सय डलर पुगेको छ । मानिसको आयमा वृद्धि भएपछि फेरि तिनले एसी, वासिङ मेसिनजस्ता बिजुली उपभोग गर्ने उपकरण प्रयोग गर्न थाल्नेछन् । यसले बिजुलीको मागलाई झनै बढाउनेछ ।

पछिल्ला दिनमा नेपालमा बङ्गलादेशको चर्चा मुख्यतः मेडिकल शिक्षाका सम्बन्धमा हुने गरेको छ । नेपालबाट कुन कुन शिक्षा लिनका लागि विद्यार्थी बङ्गलादेशमा गइरहेका छन् ?

नेपालबाट इन्जिनियरिङ, फार्मेसी, व्यापार, कृषि, आईटी र अरू पनि विषयमा निवेदन प्राप्त भइरहेको छ । चारमध्य एउटा आवेदन विविध विषयमा छन् । हामीहरु सबै विषयमा गुणस्तरीय शिक्षा प्रदान गर्छौं ।

बङ्गलादेशले नेपाली विद्यार्थीका लागि ३६ वटा सरकारी कोटा प्रदान गर्दै आएको छ । छात्रवृत्तिको लागि विद्यार्थीले हाई स्कुलमा ९० प्रतिशत हासिल गरेको हुुनैपर्छ ।

बङ्गलादेशमा अध्ययन गर्न चाहने विद्यार्थीले विश्वविद्यालय छनोट बुद्धि प्रयोग गर्नुपर्छ । सबै कलेज उही गुणस्तरनको नहुन सक्छ । यो कुरामा विद्यार्थी र अभिभावक दुवैले ख्याल गर्नुपर्छ । यसका लागि कन्सल्टेन्सी जानुभन्दा दूतावास आएर बुझ्नु सबैभन्दा राम्रो हुन्छ ।

बङ्गलादेश नेपालबाट एक घण्टाको हवाई दूरीमा छ । त्यहाँ अध्ययन गर्न जाने नै भए आफूले पढ्ने सोचेको विश्वविद्यालय पहिले गएर त्यहाँको पूर्वाधार हेर्ने, त्यहाँ पढिरहेका विद्यार्थीसँग सोधखोज गर्ने गर्दा आफ्नो बालबालिकाको भविष्य जोखिममा हँुदैन ।

विद्यार्थी भिसा दूतावासले मात्र जारी गर्छ । बङ्गलादेशमा अध्ययन गर्न चाहनेले सही भिसा लिनुपर्छ । विद्यार्थीले सल्लाह सुझाव लिँदा कुनै शुल्क लिइँदैन, त्यसैले विद्यार्थी उपयुक्त मार्ग निर्देशनका लागि दूतावास भ्रमण गर्नुपर्छ । म हरेक विद्यार्थीले बङ्गलादेशमा राम्रो अनुभव लिऊन् भन्ने चाहन्छु ।


नेपाल र बङ्गलादेशबीच अहिले जारी द्विपक्षीय व्यापार सम्भावनाभन्दा धेरै तल हो । बङ्गलादेश सानो बजारभन्दा पनि युरोपेली सङ्घ, अमेरिकाजस्तो विशाल बजारलाई पछ्याउन चाहन्छ । हामी विद्युतीय सामग्री, फर्निचर, प्लास्टिकका सामग्री, कपडा आदि निर्यात गर्छौं । त्यसैगरी नेपाले पनि चिया, कफी, जडीबुटी, गरगहना आदि बङ्गलादेश निर्यात गर्न सक्छ ।


बङ्गलादेशमा विभिन्न समयमा हड्ताल र विरोध भएको समाचार सुनिन्छ । त्यस्तो वातावरणमा विदेशीहरुका लागि बङ्गलादेशको शिक्षा वातावरण उपयुक्त छ ?

सन् २००९ मा अवामी लिग सत्तामा आएदेखि बङ्गलादेशमा राजनीतिक अस्थिरता अन्त्य भएको छ । देशमा भएको स्वच्छ लोकतान्त्रिक निर्वाचनमार्फत जितेर सेख हसिना प्रधानमन्त्री बनेकी हुन् । केही विरोध प्रदर्शन जहीँ पनि हुन्छन् । विरोध प्रदर्शन लोकतन्त्रको अंश हो ।

हामी कहाँ मध्य–एसिया, दक्षिण एसिया, आसियान, अफ्रिकाका २२ देशका विद्यार्थीहरु आउँछन् । हामी बङ्गलादेशको सूचना सुरक्षित भएको प्रत्याभूत गर्छौं ।

बङ्गलादेशले उच्च शिक्षा पढ्न चाहने नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ । त्यसमा कुन कुन विषयमा पर्छन् । यसका मापदण्ड केके हो ?

सार्क सदस्य राष्ट्रका नागरिकलाई प्रदान गरिने सुविधाअन्तर्गत यहाँका विद्यार्थीले स्थानीय विद्यार्थी जति नै मूल्य तिर्ने व्यवस्था छ । नेपालबाट ३० विद्यार्थीले यो अवसर पाउँछन् । यसका लागि एउटै मापदण्ड भनेको ती जेहेनदार विद्यार्थी हुनुपर्छ । यो स्वतन्त्रताको चार वर्षपछि सन् १९७६ मा सुरु भएको हो । तर विद्यार्थीहरु त्यसअघि पनि सन् १९६० को दशकमा पनि जाने गर्थे ।

नेपाल र बङ्गलादेशबीच धेरै पुरानो सम्बन्ध रहेको छ । सन् १९७२ मा नै नेपाल र बङ्गलादेशबीच सम्बन्धको सुरुवात भएको थियो । त्यसपछि नेपालबाट मुख्यतः रहरको दाल, अलैंची, हस्तकलाका सामग्री र पस्मिनाहरु निर्यात हुन्छ भने बङ्गलादेशबाट पनि विद्युतीय सामग्री, कपडा आदि खरिद गरिन्छ । नेपाल र बङ्गलादेशको व्यापारिक सम्बन्ध र सम्भावना कस्तो छ ?

नेपाल र बङ्गलादेशबीच अहिले जारी द्विपक्षीय व्यापार सम्भावनाभन्दा धेरै तल हो । बङ्गलादेश सानो बजारभन्दा पनि युरोपेली सङ्घ, अमेरिकाजस्तो विशाल बजारलाई पछ्याउन चाहन्छ । हामी विद्युतीय सामग्री, फर्निचर, प्लास्टिकका सामग्री, कपडा आदि निर्यात गर्छौं । त्यसैगरी नेपाले पनि चिया, कफी, जडीबुटी, गरगहना आदि बङ्गलादेश निर्यात गर्न सक्छ ।

पर्यटन विकास र आदनप्रदानमा सहकार्यको सम्भावना कस्तो छ ? बङ्गलादेशमा नेपालीले घुम्ने र हेर्ने ठाउँ केके छन् ? अनि नेपालबारे बङ्गलादेशमा कस्तो चर्चा चल्ने गरेको छ ?

बङ्गलादेश नेपालबाट एक घण्टाको हवाई दूरीमा छ । कोक्स बजार त्यहाँ छ, जुन संसारको सबैभन्दा लामो बलौटे समुन्द्री किनार हो । त्यहाँ नदी, आँपको वन, चिया खेती र अन्य धेरै आकर्षणका केन्द्र छन् । नेपालीहरु त्यहाँ धेरै घुम्ने हिसाबले जाँदैनन् तर धेरै बङ्गलादेशी भने नेपाल आइरहेका छन् । अघिल्लो वर्ष ३५ हजार बङ्गलादेश नेपाल घुम्न आए । कञ्चनजङ्घा बङ्गलादेशबाट देखिन्छ । ती यहाँ आएर त्यसलाई हेर्दा आनन्दित हुन्छन् । पर्यटन वृद्धि गर्ने अर्को तरिका दुई देशबीच सीधा बस सम्पर्क हो । यो नेपालको पूर्वी भागबाट जोड्न सकिन्छ । बङ्गलादेशीको नेपालमा अहिले प्रमुख गन्तव्य पोखरा बन्दै गएको छ ।

नेपाल र बङ्गलादेशले दुई देशलाई आपसी फाइदा पुग्ने गरी कसरी काम गर्न सक्लान् ? एक अर्कोसँग कुन कुन क्षेत्रमा सहयोग र सहकार्य गर्न सकिन्छ जस्तो लाग्छ ?

हामीले मुख्य व्यापारमा केन्द्रित हुुनुपर्छ । यसले हाम्रो अर्थतन्त्रलाई सहयोग गर्छ । ऊर्जा क्षेत्र धेरै महत्त्वपूर्ण क्षेत्र हो । शिक्षा, पर्यटन र जलवायु परिवर्तन पनि हामीले ध्यान दिनुपर्ने क्षेत्र हो ।

हिमालयले बङ्गलादेशलाई प्रत्यक्ष असर पार्छ किनकि यहाँको हिउँ पग्लिँदा समुद्री सतह बढ्छ । यसले बङ्गलादेशको १५ भूभाग जलमग्न हुनेछ । हामीले जलवायु परिवर्तनको मुद्दामा धेरै सहकार्य गर्नुपर्छ ।

जलवायु परिवर्तनको विषयमा नेपाल र बङ्गलादेश दुवै जोखिमयुक्त देश हुन् किनकि दुवै यसबाट धेरै प्रभावित हुनेछन् । यस विषयमा दुई देशले तत्काल सहकार्य गर्न सक्छौँ । यस विषयमा दुई देशले साझा धारणा बनाएर कैयौँ बुहपक्षीय मञ्चमा विश्वलाई हाम्रो कुरा संयुक्त रूपमा राख्न सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप