केन्द्रीय संस्करण
मेरो जीवन

डीआईजी विश्वराज पोखरेलको जीवन : हरेक रात नयाँ जीवन पाएजस्तो, बाँचियो भनेर घरमा खबर गर्नुपर्थ्यो

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline1
तस्विर : कृष्ण खड्का
कुवेर गिरी

रातोपाटी

२०४९ चैतमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट नेपाल प्रहरीमा प्रवेश गरेका विश्वराज पोखरेल अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) छन् । नेपाल प्रहरीको प्रवक्तासमेत रहेका पोखरेलले नेपाल प्रहरीमा काविल अफिसरको छवि बनाएका छन् । २०६२ चैतमा प्रहरी नायव उपरीक्षक, २०६९ माघमा प्रहरी उपरीक्षक, २०७४ मा प्रहरी वरिष्ठ उपरीक्षकमा प्रदोन्नति भएका पोखरेल २०७६ वैशाखमा डीआईजीमा पदोन्नति भएका थिए ।

२०७४ फागुनमा काठमाडौँ प्रहरी प्रमुखको कमान्ड सम्हाल्दा पोखरेलले काठमाडौँको गुण्डागर्दी नियन्त्रण, लागूऔषध तथा नक्कली नोटको कारोबार जस्ता सङ्गठित रूपमा हुने अपराधको जालो तोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ओखलढुङ्गाका स्थायी बासिन्दा पोखरेल कानुनका विद्यार्थी हुन् । यिनै डीआईजी पोखरेलसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

ढिँडो, रोटी मनपर्छ

नेपाली खाना दाल, भात र तरकारी मनपर्छ । चिल्लो र पिरो खासै खान्न । मासु पनि कम खान्छु । म गाउँमा हुर्किएको भएर होला पिठोले बनेको  परिकार धेरै मनपर्छ । गाउँले भाषामा भन्ने हो ढिँडो, रोटी मनपर्छ । रेस्टुरेन्ट औपचारिक कार्यक्रममा जानैपर्दा बाहेक जादिनँ ।

मैले प्रहरीको नोकरी गरेको २६ वर्ष भयो । यो अवधिमा म रेस्टुरेन्ट छिरेको १५, १६ पल्ट मात्र होला । हामी नेपाली रेस्टुरेन्टका धेरै किसिमको खानेकुरा खानै जान्दैनौँ । रेस्टुरेन्टमा गएर खाने भनेको कि मम, त्यसपछि माग्नै परे पिजा हो । मेरो परिवारको रेस्टुरेन्ट जाने, बाहिर खाने स्वभाव छैन । परिवार लिएर म रेस्टुरेनट गएँ भने आइसक्रिम खाएर फर्किन्छौँ ।

म बाल्यकालमा धेरै खाना बनाउँथे । आमाले खाना बनाउने विकल्प सदस्यका रूपमा मलाई लिनुहुन्थ्यो । म नेपाली परिकार सबैथोक मीठो बनाउन सक्छु ।

टोपीको सौखिन थिएँ

मैले प्रायः प्रयोग गर्ने पोसाक टिर्सट, जिन्स पाइट र कोट पाइन्ट नै हो । सेतो र पहँेलो कलरको पहिरन राम्रो लाग्छ । पहिले म ढाका टोपीको सौखिन थिएँ । पछिल्लो समय टोपी आवश्यकता हेरेर लगाउने गरेको छु । ब्रान्डेडभन्दा पनि सुपथमूल्यमा ब्रान्डेडसँग मिल्दो किसिमको पोसाक किन्छु । म ब्रान्डेड लुगा लगाउँदिनँ ।

म पहिरन धेरै कम किन्छु किनभने हाम्रो संस्कृतिमा आफन्तको विवाह, व्रतबन्ध लगायतका शुभ–कार्यमा आफन्तलाई पहिरन दिने चलन छ । त्यसैले पोसामा मेरो ५, ६ हजार मात्र खर्च हुन्छ ।

योगा गर्थें

अहिले केही समययता मेरो फिट्नेस छुटेको छ । पहिला पहिला फिजिकल एक्सरसाइज र एक घण्टा योगा नियमित गर्थें । धेरै अगाडि त दुई घण्टासम्म योगा गर्थें । योगा अहिले पनि गर्ने प्रयास गर्छु । अफिसको कामको जिम्मेवारीले गर्दा गर्न पाएको छैन । मर्निङवाक गर्न जान नपाएको बेलाका लागि काम लाग्छ भनेर घरमा ड्रेडमिल पनि राखेको छु । एक्सरसाइजबाट मात्र स्वस्थ रहन सकिन्छ भन्ने मेरो मान्यता सधैँ रहने गरेको छ ।

इन्जोय अध्ययनमै छ

मेरो इन्जोय अध्ययनमै छ । कुनै नयाँ कुरा जान्दा, पढ्दा आफूमा शक्ति वृद्धि भएको जस्तो लाग्छ । म ज्ञान लिनेभन्दा पनि कुन विषयले बढी तार्किक बनाउँछ भन्ने हिसाबले पढ्ने गर्छु ।

मैले डेढ दुई घण्टा अध्ययन नगरेको दिन छैन । प्रायः म बेलुका ९ बजेदेखि ११ बजेसम्म ढ्ने गर्दछु । बिहान एक घण्टा पढ्छु । अहिले प्रहरी प्रवक्ताको जिम्मेवारी पाएपछि अपराध अनुसन्धानको विषयमा बढी पढ्ने गरेको छु ।

‘रिच ड्याड पुअर ड्याड’ भन्ने किताब अहिले पढ्दै गरेको पुस्तक हो । पेसामा सपोर्ट पुग्ने, क्षमता वृद्धि गर्ने, तार्किक ढङ्गको र मानिसले हेर्दा केही दियो भन्ने किसिमको नयाँ पुस्तक निस्कियो भने पढ्छु ।

घुमफिरमा रुचि छैन

मेरो घुमफिरमा रुचि छैन मेरो । विदेश बस्दा पनि मैले घुमिन । संसारको भूगोल जहाँ बसेर हेर्दा पनि एउटै हो भनेर हेर्नेगर्छु । पेसाको सिलसिलामा लाइबेरिया र हाइटी दुईवटा मिसन गएको थिएँ ।

त्यो बेला अमेरिका लगायत केही देश पनि घुमियो । तर त्यो मेरो चाहनाले, रहरले भन्दा पनि परिस्थितिले घुमेको मात्र हो । देशको ३० जिल्ला पुगेको छ ।

बेफुर्सदी हुन्छ

जीवनमा सबैभन्दा नपाएको मैले फुर्सद हो । २४सै घण्टा बेफुर्सदी हुन्छ । आजको दिनमा हेर्ने हो भने पनि म ५ घण्टाभन्दा बढी सुत्न पाएको छैन । अहिले आफूसँग सरसल्लाह गर्न आउने, भेट्न आउने, पिरमर्का पर्यो भनेर राय माग्न आउने मानिसको समूहले गर्दा पनि मेरो धेरै समय किल हुन्छ ।

मेरो अहिलेको सबैभन्दा कमजोरी भनेको आफ्नो लागि समय निकाल्न नसक्नु हो । मैले समय नदिएको कारण परिवारबाट सधैँ गुनासो रहने गरेको छ । परिवारको सदस्यले हामी एउटै घरमा भए पनि अतिथि जस्तो, होस्टेलमा बसेजस्तो भएर बस्नुपरेको गुनासो गरिरहन्छन् । फुर्सद भयो भने म विज्ञ मानिस भेट्ने, उनीहरुबाट केही सिक्ने ध्यान रहन्छ ।

म पुरानो खेलाडी

म खेलकुदको पुरानो खेलाडी हुँ । विद्यार्थी जीवनमा राम्रो भलिबल खेलाडी थिएँ । सबै खेलप्रति मेरो रुचि छ । कलेज पढेको मैले । कलेज पढ्दा भलिबलमा क्षेत्रीय स्तर र कलेज स्तरीय प्रतिस्पर्धामा पनि भाग लिएको छु ।

मैले अन्तरसंस्थान प्रतियोगितामा पनि हिमाल सिमेन्टबाट खेल भलिबल खेलेको थिएँ । फुर्सदको कारणले अहिले त खेल हेर्न पनि पाउँदिन । हिजोको दिन खेलकुद एक्सरसाइजको हिसाबले लिन्थेँ ।

मेरो मोबाइल

मसँग अहिले दुईवटा मोबाइल छ । एउटा अफिसको र अर्काे आफ्नै तर पुरानो छ । मेरो मोबाइल टेलिफोन गर्न र फोटो खिच्नबाहेक अन्य काममा प्रयोग हुँदैन । म सामाजिक सञ्जाल फेसबुक कम हेर्छु । हेर्न परे पनि आइप्याडमा हेर्छु । फुसर्द पनि हुँदैन् । अहिले मैले बोकेको मध्य एक मोबाइल ७ वर्ष पुरानो हो । भाइले सो समय अमेरिकाबाट आउँदा ल्याइदिएको हो । सामान्यतय काम गरून् जेल मोबाइल फेर्नु हुन्न भन्ने मानिस म पनि हुँ ।

टिभी हेर्न समय छैन

म टिभी हेर्नका लागि समय निकाल्न सक्दिनँ । कहिलेकाहीँ बेलुका ८ बजेको समाचार हेर्छु । देशविदेशको समाचार पनि हेर्छु । मेरो घरमा सोनी ब्रान्डको टिभी छ । त्यो धेरै वर्ष अगाडि ल्याएको हो ।

जम्मा ८ फिल्म

आजको दिनसम्म हेरेको फिल्म नेपाली र हिन्दी जोड्ने हो भने ७, ८ वटा भन्दा धेरै छैन । चलचित्रप्रति मेरो आकर्षण कहिल्यै भएन । म चलचित्र हेरेर तीन घण्टा समय बिताउन सक्दिनँ । कलाकारबारे कम जानकार राख्ने मानिस हुँ म ।

रोग केही छैन

भगवानको कृपाले यो उमेरसम्म औषधि सेवन गरेको रेकर्ड छैन । यो भन्नुको मतलव रोग केही छैन । हरेक नेपालीलाई हुने सामान्य रोग ग्यास्टिक भने होला ।

त्यो मानिस कप्टी

आफूसँग बोल्ने मानिसले पनि केही ज्ञान दिने ढङ्गले बोलोस् भन्ने मेरो चाहना रहन्छ । सभ्य, शिष्ट र तार्किक बोलेको मनपर्छ । घुमाएर कुरा गरेको मनपर्दैन ।

कप्टी प्रकारको मानिस मन पर्दैन । भित्री अन्तरआत्मादेखि नै बोल्ने मानिसँग विश्वस लाग्छ । त्यस्तो मानिससँग मेरो निकटता पनि बढ्छ । जति नै प्रेम गरे पनि, माया गरे पनि अन्तरआत्माबाट बोलेको देखिँदैन भने त्यो मानिस कप्टी र धोकेबाज लाग्छ ।

मापसे छोएको छैन

मापसे अहिलेसम्म छोएको छैन । त्यसैले त्यसको स्वाद पनि थाहा छैन । म परम्परागत सोच र धर्ममा विश्वास राख्ने मानिस हुँ । हिजोको दिनमा ब्राह्मणको छोराले मापसे गर्नु हुँदैन भन्ने थियो । त्यसमै अडिग रहियो । ब्राह्मणको छोराले गर्न नहुने अर्थात् रोक लागेको मध्ये पुलिसमा भएको कारणले कुखुराको मासु भने खान थालियो । यसको असन्तुष्टि पनि छैन ।

गीतसङ्गीत त्यति सुन्दिनँ

गीतसङ्गीत त्यति सुन्दिनँ । कुनै गीत मनपर्यो भने कहिले काहीँ सुन्छु । देशमा भएको बेला गीत सुन्दिनँ । मिसनमा जाँदा दिनभर गाडी हाक्नु पथ्र्यो । त्यो समयका लागि भनेर नेपाली गीतहरुको कलेक्सन लगेका थियौँ । सो बेलामा मनपर्ने गीत, मनपर्ने कलाकारका गीत, राष्ट्रिय भावनाका गीत धेरै सुनियो । सो समय पनि बढी गीत सेन्टिमेन्टल खालको नै सुनियो । गाउन र लेख्न कहिल्यै रुचि भएन ।

हरेक रात नयाँ जीवन

२०४९ सालदेखि म पुलिसको नोकरीमा छु । इन्सपेक्टरबाट मैले नोकरी सुरु गरेको हो । अहिले डीआईजी भएर प्रहरीको प्रवक्ताका रूपमा जिम्मेवारी पाएको छु ।

यो अवधिमासम्म आइपुग्दा विभिन्न तितामिठा उतारचढावको थुप्रै अनुभवसमेत सँगाल्न पाएँ ।

यो पेसामा आएदेखि मैले दुःखको अनुभव गरेको छु । पहिले बोल्नै नपाउनेखालको कडा अनुशासन थियो । अहिले धेरै नयाँ पुस्ता भित्रिएका छन् । अन्तक्र्रियाहरु हुन्छन् । समीक्षा हुन्छ । त्यसैले केही सजिलो छ ।

म प्रहरीमा आएको समय मुलुक द्वन्द्वतर्फ धकेलिएको थियो । त्यो बेलामा हामीले धेरै दुःख भोग्यौं । द्वन्द्वका लागि पनि अनेक ट्रेनिङ लिनुपर्यो । घरपरिवार त्यागेर टाढा रहनुपर्यो । बाहिर खटाएको ठाउँमा जहाँ टेलिफोन हुँदैन थियो, आजको रात बाँचियो भने खुसी मानेर भोलिपल्ट घरमा खबर गर्नुपथ्र्याे । बाँचियो भने खबर पठाउनुपथ्र्यो । खबर पनि सीधै गर्न नसकिने ठाउँमा थियो । कतिपय अवस्थामा आजसम्म ठीक छ भनेर साथीले खबर गर्नुपथ्र्याे ।

हरेक रात नयाँ जीवन पाएजस्तो, जीवनको विजय प्राप्त गरेको जस्तो दिनहरु हामीले गुजारेका थियौँ । त्यो बेला परिवार, परिवारको समस्या केही भन्न पाएनौँ । हरेक रात नयाँ जीवन पाएजस्तो अनुभूति गरे दिनहरु बिताएका थियौँ । पेसाको सिलसिलाका धेरै घटनाको सामना गरेका छौँ । जुन जीवनमा भुल्न नसक्ने खालका छन् । एक पटक गोर्खाको भच्चेकमा बस्दा आफ्नो बडीगार्डले बोकेको हतियार फायर भएर आफ्नै टाउको भएर ब्लास्ट फायर जाँदा पनि बचियो । त्यो घटना म कहिल्यै पनि बिर्सिन्नँ । त्यो समय भाग्यले बाँचेको थिएँ । यो पेसा नै यस्तै हो भनेर चित्त बुझाउनुपर्यो ।

भूल भए होलान्

जीवनमा जानी नजानी सानातिना भए होलान् । तर मैले त्यो भूल गरे भनेर चिन्ता गर्ने भूल भएका छैनन् ।

म पनि सदस्य हुँ

म भाग्यमा विश्वास गर्ने भाग्यवादी मानिस हुँ । जे हुन्छ त्यो पहिले नै निर्धारित हुन्छ । त्यो चिज आफूले प्राप्त गर्नुपर्ने छ भने आफै वातावरण बनेर प्राप्त हुन्छ भन्ने मेरो मान्यता हो ।

प्राप्त गर्नुपर्ने छैन भने भएको वातावरण पनि बिग्रन्छ । म धेरैको जीवनलाई हेर्छुु । त्यो पूर्व निर्धारित चिज हुन् । हामीले थाहा नपाएर मात्र उसले गर्दिएको, यहाँ जानुपर्छ, उहाँ जानुपर्छ भन्छौ । यो पूर्व निर्धारित छ ।

पाउनुपर्ने प्रयास हुँदा पनि नहुँदा पनि प्राप्त हुन्छ भन्ने विश्वास छ । प्रहरी पेसामा आफ्नो यौवन अवस्था र जीवन बिताइयो । त्यसैले प्रहरी सङ्गठन मयार्दित, सबैले सम्मान गर्ने सङ्गठन भए यसको म पनि सदस्य हुँ भनेर गर्व गर्न सक्ने अवस्था आउँथ्यो भन्ने लाग्छ ।

त्यो पुगेको छ

मेरो राशि वृष हो । मलाई ग्रहदशामा विश्वास लाग्छ । मेरो जीवन त्यसले निर्धारण गर्ने हो भन्ने विश्वास गर्छु । हेराउँदा तनाव हुन्छ भनेर धेरै हेराउँदिन । एक पटक कसैले हेराएपछि तिम्रो भविश्य यस्तो छ भनेर भनेपछि विश्वास गरेर हिँड्छु । सानोमा परिवारबाट हेराउँदा यो लाइनमा जान्छ । यति अगाडि जान्छ भनेर जे भनेका थिए, अहिले त्यो पुगेको छ । अर्काे ज्योतिषलाई हेराउँदा फेरि हेर्कै भनिदिन्छ कि भन्ने डर छ । त्यसैले पटक पटक हेराउँदिनँ ।

मृत्यु सत्य हो

जन्मेपछि मर्नुपर्छ । मृत्यु सत्य हो । एक्टिभ लाइफमा अरूले अनुमान गर्नु त परै जाहोस् आफैले पनि पत्तो नपाउने खालको, वृद्ध नभई, आफ्नो जीवन आफैलाई भारी नभएको अवस्थामा फेरि पुनरजन्मका लागि जान सकियो भने मेरो विचारमा त्यो राम्रो हो ।

 

कमेन्ट

  1. June 29, 2019, 10:25 a.m. Sumit Khadka
    एक नम्बरको कपटी मान्छे हो यो, भाग्यले होइन इश्वोर पोख्रेलको कृपाले गर्दा आफु भन्दा जेस्ठलाइ उछिन्दै DIG भाको हो , अहिले एस्तो भन्दा लाज लाग्दैन?? हरे हाम्रो देशको दुर्भाग्य !
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...