केन्द्रीय संस्करण
लेख

जलवायु परिवर्तनले मानवीय स्वास्थ्य सङ्कटमा

person explore access_timeअसार १४, २०७६ chat_bubble_outline1

जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसियाली क्षेत्रमा पर्नेछ किनकि धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा निर्भर गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ । मानव शरीर रूपी मेसिनलाई प्राकृतिक रूपमा चल्नका लागि धर्ती, जल, अग्नि र वायु गरी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने हुन्छ । यी तत्वको असन्तुलनले मानिसको शरीरमा रोगव्याधी उत्पन्न गराउँछ । जलवायुमा प्रदूषणमा दुई तत्व मुख्य मानिन्छ– पहिलो जल र दोस्रो वायु । यी दुई तत्व सन्तुलित रहनु मानव स्वास्थ्यका लागि अति आवश्यक छ ।

वैश्विक स्तरमा जलवायु परिवर्तनबाट हुन सक्ने खतराहरू महसुस हुन थालेको छ । विचार गर्ने हो भने परिवर्तन एउटा सार्वभौमिक सत्य हो । चिन्ता र चिन्तनको कुरा त्यतिबेला सुरु हुन्छ, जब कुनै पनि अप्राकृतिक सीमा नाघिसकेको जस्तो छ र मानवीय जीवनचक्र जोखिममा परेको छ । नयाँ नयाँ रोगहरूले जन्म लिँदैछ ।

जनस्वास्थ्य

जलवायु परिवर्तन सीधा असर मानिसको स्वास्थ्यमा पर्छ । जलवायु परिवर्तनबारे अन्तर सरकारी समूहले इ.सं. २००१ मा २१सौँ शताब्दीमा यसको प्रभावलाई लिएर केही आशङ्का गरेको छ । यस प्रतिवेदनमा केही प्रमुख तथ्यबारे ध्यान आकृष्ट गराएको थियो । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुन्छ । बाष्पीकरणको सन्तुलन खराब हुन्छ र हाम्रो माटोको आद्रता असन्तुलित हुने गर्छ । यसको परिणाम स्वरूप हामीलाई खडेरीको प्रकोप व्यहोर्नु पर्छ । यो स्थिति निरन्तर भइरह्यो भने माटो मरुस्थलमा परिणत हुनेछ । माटो बाँझो हुनेछ । हामीसँग खाद्यपदार्थ उत्पादनका लागि प्रर्याप्त भूमि बच्ने छैन । हामी भोक कुपोषणको सिकार हुनेछौँ । यद्यपि यो स्थिति आज पनि छ तर जलवायु परिवर्तनका कारण यसको स्वरूप अरु विकराल हुन सक्तछ ।

यसैगरी काउन्सिल अन एनर्जी एन्भारोमेन्ट एन्ड वाटरद्वारा जारी एक अनुसन्धानमा वैश्विक तापमान वृद्धिबाट उत्पन्न हुने विषय युद्धस्तरमा निवारण गरिएन भने २०५० सम्म गहुँ, धान र मकैमा २०० अरब डलरको उत्पादनको नोक्सानी हुनेछ ।

शोधपत्रिका नेचरमा प्रकाशित मिसेल कोप्पसले आफ्नो अनुसन्धानमा लेखेकी छिन्,  अन्टार्कटिकाको तुलनामा पेटागोनियामा ग्लासियर १०० देखि १०० गुणा तेजीले अपक्षरित भएका छन् । द्रुतगतिबाट बढिरहेको ग्लासियर अनुप्रवाहले उपत्यका तथा महाद्विपीय समतलमा धेरै पानी जम्मा गर्नेछ । माछापालन, बाधहरू तथा पर्वतीय इलाकाहरूमा बसोबास गर्ने मानिसहरूका लागि पिउने पानी उपलब्धतामा यसको प्रभावको सम्भावना बढ्ने छ । त्यस्तै एसियाली विकास बैङ्कले अनुमान अनुसार यस शताब्दीको अन्त्यसम्ममा समुद्री इलाकामा बसोबास गर्ने जनसमुदायको जीवन जोखिममा पर्नसक्ने छ । इन्डोनेसिया थाइल्यन्ड जस्ता देशले आफ्नो घरेलु उत्पादनको ६.७ प्रतिशत आर्थिक क्षति व्यहोर्नु पर्नेछ । त्यही वैश्विक घरेलु उत्पादनको स्तरमा यसै बेला २.६ प्रतिशतको नोक्सानी व्यहोर्नुपर्नेछ ।

मानव स्वास्थ्यमा बढ्दो खतरा 

अमेरिकी मेटरलोजिकलको बुलेटिनमा विशेष परिशिष्ट रूपमा प्रकाशित स्टेट अफ द क्लाइमेट इन इ.स. २०१४ नामक प्रतिवेदनअनुसार वर्ष २०१४ यस शताब्दीको सबैभन्दा तातो वर्ष रहेको थियो । कुल ५८ देशका ४१३ वैज्ञानिकहरूको संलग्नतामा यो प्रतिवेदन तयार गरिएको थियो । नेसनल रिकोर्डले सन् १९०१ देखि लिएर अहिलेसम्म अभिलेख गरिएको तथ्याङ्कहरूमा इ.स. २०१४ सबैभन्दा बढी गर्मी भएको वर्ष भएको तथ्य हाम्रोसामु थियो । यसले स्वास्थ्यमा पर्ने असरबारे ध्यान आकृष्ट गर्दै विश्व स्वास्थ्य सङ्गठनको जनस्वास्थ्य पर्यावरण तथा सामाजिक गुणस्तर विभागले “विश्व यसै गतिमा गयो भने आउँदो ८० वर्षमा सतहको तापमानमा ४ डिग्री सेल्सियससम्मको वृद्धि हुने आशङ्का गरेको छ । यसले हजारौँ मानिस गर्मीसँग सम्बन्धित रोगबाट ग्रसित हुनेछन् ।  हामीले यसभन्दा बढी तातो हावासँग जुध्नुपर्नेछ । समुद्री आँधी, चक्रवात, बाढी जङ्गलमा हुने डढेलो जस्ता जलवायु परिवर्तनीय कारकले पहिले नै पश्चिमी संयुक्त राष्ट्रमा ८० लाख एकडभन्दा बढी जमिनमा क्षति हुनेछ । विश्वमा खाद्य सङ्कट तथा कुपोषण बढेर जानेछ ।

जलवायु परिवर्तनकै कारणले आउने दिनमा मलेरिया, डेङ्गु र अन्य सङ्क्रमण बढ्ने छ । जलवायु परिवर्तनका कारण हुने मृत्युमा मलेरियाका योगदान सबैभन्दा बढी हुनेछ ।” यसबारेमा कमिसन अन हेल्थ एन्ड कलाइमेट चेन्ज २०१५ ले प्रकाशित गरेको प्रतिवेदनमा जलवायु परिवर्तनबाट ९ अरब मानिसको वैश्विक आवादीका लागि पछिल्लो आधा शताब्दीमा प्राप्त विकास तथा वैश्विक स्वास्थ्यसम्बन्धी लाभ नष्ट हुने खतरा छ । यसको असर सीधा स्वास्थ्यमा पर्नेछ र त्यो प्रभाव लु, बाढी, खडेरी र आँधीको बढ्दो प्रवृत्ति र तीव्रताका कारणले परिराखेको छ । यसमा भनिएको छ सङ्क्रामक रोगको रूपमा वायु प्रदूषण, खाद्य असुरक्षा र कुपोषण अनिच्छित विस्थापन र सङ्घर्षहरूबाट अप्रत्यक्ष प्रभाव पनि परिराखेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ७४ करोड आठ लाख मानिस इ.स. २०१२ सम्म असंशोधित जलस्रोतको भरोसामा आफ्नो जीवन चलाई राखेका छन् । २०१२ सम्मको तथ्याङ्कले खुला ठाउँमा चर्पी गर्नेको सङ्ख्या १ अरबभन्दा बढी छ । तापमान वृद्धिले समुद्री सतह बढ्नाले बाढी जलभरावका कारण खानेपानीमा रासायनिक अपशिष्टहरूका सम्मिश्राणका कारण जलजनित रोगहरू हुने आशङ्का बन्ने सम्भावना छ । वाइल्डलाइफ कन्र्जवेसन सोसाइटीको प्रतिवेदनमा भनिएको छ बर्डफ्लु, कोलेरा, इबोला, प्लेग तथा ट्युवरकलोसिस जस्ता रोग जलवायु परिवर्तनका कारण धेरै छिटो फैलिने छ । युरोपमा १४औं शताब्दीमा ब्लैकडेथाल्पेस्का कारण एक तिहाइ मानिसको मृत्यु भएको थियो । फ्लु पानडेमिकबाट इ.स. १९१८ मा वैश्विक स्तरमा २ करोडदेखि ४ करोड मानिसको मृत्युभएको थियो, जसमा अमेरिकामा मात्र ५ लाख ६ लाख ७५ हजारभन्दा बढी मानिस मरेका थिए ।

विश्वका ९७ देशका ३.२ अरब मानिस १.२ अरब मानिसमा मलेरिया हुन सक्ने आशङ्का छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा जारी विश्व मलेरिया प्रतिवेदन सभा मलेरियाको लक्षण पाइएको थियो । यस रोगबाट ५ लाख ८४ हजार मानिसहरूको मृत्युभयो । मलेरियाबाट मृत्युमध्ये ९० प्रतिशत अफ्रिकी देशमा भएको तथ्य भेटिन्छ । मलेरिया मुक्त क्षेत्र मात्र ११ प्रतिशत छ । यसको अर्थ ८९ प्रतिशत मानिस मलेरिया प्रभावित क्षेत्रमा बसोबास गर्छन् ।

विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार जलवायु परिवर्तनको कारण प्रत्येक वर्ष एक लाख ५० हजार मानिसको मृत्यु भइराखेको छ । कालाजार लिस्मेनियसिस रोगहरूको एउटा समूह मानिन्छ । पोथी फिलो बोटोमाइन सैन्ड फलाइले टोक्नाले मानिसमा यसको सङ्क्रमण फैलिन्छ । नयाँ तथ्याङ्काअनुसार विश्वका ९८ देशमा यो रोग पाइएको छ । प्रत्येक वर्ष २ देखि ४ लाख नयाँ रोगी थपिँदै छन् भने गम्भीर रूपमा कालाजारबाट पीडितको सङ्ख्या ७ लाखदेखि १२ लाखको जति छ । जसमा ९० प्रतिशत कालाजारका बिरामी बंग्लादेश, ब्राजिल, इथियोपियाँ, भारत, नेपाल र सुडानमा छन् । हात्तीपाइले रोगबाट विश्वका ७३ देश प्रभावित छन पूरै विश्वमा १ अरब ३० लाख ३० हजार मानिसलाई यस रोगबाट बचाउनका लागि सुरक्षा उपचार गर्न आवश्यक देखिन्छ । अफ्रिका दक्षिण पूर्व एसियाका समुद्री तटिय क्षेत्रहरूका ९४ प्रतिशत मानिस यस रोगका क्षेत्रमा बसोबास गर्छन् । जसलाई यो रोगबाट बचाउन औषधि उपलब्ध गराउन अति आवश्यक छ ।

सिस्टोसोमिएस विश्वका ७८ देशमा यसको प्रभाव छ । यस रोगबाट बच्नका लागि ५२ देशका २६ करोड २० लाख मानिसलाई बचाउन औषधि उपचार गर्नुपर्ने आवश्यकता छ । तीमध्ये १२ करोड १२ लाख विद्यालयल जाने केटाकेटी पर्छन् ।

जलवायु परिवर्तन र गरिबी 

जलवायु परिवर्तनको मार सबैभन्दा बढी गरिब मानिसमा पर्छ । पहिलेबाट नै खाद्य एवं आवासको समस्याबाट जुधिरहेको जनसमुदायका लागि जलवायु परिवर्तन र यसको प्रभाव त्रासदपूर्ण मानिन्छ । समाजशास्त्रीहरूका अनुसार गरिबी आफैमा रोगको पर्यावाची हो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार दक्षिण एसिया परिक्षेत्रमा पूरै विश्वको २६ प्रतिशत जनसङ्ख्या बसोबास गर्छन् । यहाँ विश्वका ३० प्रतिशत गरिब छन् । सन् २०१५ को विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार ५ वर्षभन्दा कम उमेर केटाकेटीहरूको मृत्यु दरमा ८३ प्रतिशत केटा केटीहरूको मृत्यु सङ्क्राम रोगका कारण भइरहेको छ । मौसममा ठूलो स्तरमा हुने परिवर्तन जस्तै चक्रपात तथा बाढी आउने स्थितिमा झाडापखाला जस्ता रोगका लागि अनुकुल हुने गर्छ ।

निष्कर्ष 

जलवायु परिवर्तनको असर एसियाको क्षेत्रमा पर्नेछ किनभने धेरै जसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनमा आश्रित हुने गर्छ । नेपाल जस्तो देशले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक छ । प्राकृतिक रूपमा जिउनका लागि धर्ती, जल, अग्नि, आकास र वायु रूपी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने आवश्यकता पर्छ । यी तत्वहरूको असन्तुलनले मानिसको शरीरमा रोग उत्पन्न हुन्छ । भर्खरै पोल्यान्ड सम्मेलनमा उपस्थित राष्ट्रहरूले तापमान वृद्धि रोक्ने उपाय इन्धनमा कटौती ऊर्जा उपयोग प्रदूषण नियन्त्रणका नवीन प्रविधि जस्ता तमाम विषयमा अवश्य नै ध्यान पु¥याएका होलान । यी प्रश्नहरूको उत्तरमा नै जलवायु परिवर्तनबाट हुन सक्ने प्रलय रोक्न र वैश्विक स्वास्थ्य रक्षाको सूत्र लुकेका छन् ।

(लेखक वरिष्ठ पशु चिकित्सक हुन् ।)

कमेन्ट

  1. July 24, 2019, 11:17 a.m. Prakash subedi
    How we Solve the problem for the man kind . i think this topic is missing
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...