केन्द्रीय संस्करण

विभाजनको दवाब र शक्तिको अनिष्टकारी छिनाझप्टी

इतिहासमा लालचले उत्पन्न गरेको संवेदनहीनता नराम्ररी दण्डित भएको छ | इतिहासको ऐनामा को को कहाँ छन्, सबको अनुहार देखिने नै छ |

person explore access_timeअसार १३, २०७६ chat_bubble_outline0

लाग्छ, नेकपामा विभाजनको दवाब बढ्न थालेको छ | त्यसो त प्रचण्ड बहुमतसहित नेकपा नेपाली राजनीतिमा जसरी उपस्थित भयो त्यसमा दुइटा दवाब थिए :

१. यस शक्तिको अघिल्तिर अस्थिरताको खेतीमा पल्केको शक्तिको अब हर्कत गर्ने आधार नभएको हुँदा ढुक्कसंगले मुलुककको आर्थिक सामाजिक विकासप्रतिको बड्यो विश्वास जसलाई सरकारले समृद्धिको नारामा समेटेको पनि हो |

अलिक अघि भारतीय नाकाबन्दीमा प्रतिरोधको अगुवाई गर्ने शक्ति नै नेकपपा भित्रको रसायन हो भनेर नबुझ्ने कुरै भएन | त्यसैको बलमा नेकपाले निर्वाचनमार्फत् शक्तिआर्जन पनि गरेको हो | त्यो शक्ति कति मुरमुरिएको होला ?! जति आरती उतारे पनि कुनै काम छैन | राष्ट्रहरुका फगत स्वार्थी हुन्छन, भावना होइन |

२. 'कमी'हरुको शासनप्रति वैरभाव राख्ने वाह्यपक्ष जतिसुकै खुसामद गरे पनि त्याे दाहिनो हुनेवाला थिएन | अलिक अघि भारतीय नाकाबन्दीमा प्रतिरोधको अगुवाई गर्नेशक्ति नै नेकपाभित्रको रसायन हो भनेर नबुझ्ने कुरै भएन | त्यसैको बलमा नेकपाले निर्वाचनमार्फत् शक्तिआर्जन पनि गरेको हो | त्यो शक्ति कति मुरमुरिएको होला ?! जति आरती उतारे पनि कुनै काम छैन | राष्ट्रहरुका फगत स्वार्थी हुन्छन्, भावना होइन |

पार्टीको आन्तरिक चुनौती आफ्नै ढंगको थियो | नेकपा दुइटा घटक, नेपाली कम्युनिष्ट आन्दोलनका दुई विराट घटक, एमाले रमाओवादीले 'एकताको घोषणा थियो पार्टी बनेको थिएन |' यो भयानक चुनौती भने थिएन |र्‍याङ्कएण्ड फायल जस्तोसुकै सेक्रिफाइस गर्न पनि मन्जुर थियो | तर पार्टीभित्रका शक्तिपीठ भविष्यको जोड घटाउ गर्न र आफ्नो पक्ष बलियो बनाउनमा भित्र भित्रै लागे | सुरु मै भीमकाय केन्द्रिय कमिटी र ठीकैको र सन्तुलित नै सचिवालय बनायो | समय घर्किदै जाँदा केन्द्रिय कमिटी र त्यसको भीमकाय स्वरूप निर्णय निर्माणको व्यापकतम आयाम नभएर तुष्टीकरणका निम्ति भिराइएका फुली त होइनन् भनेर जो कोहीले लाख काट्न सक्छ | ती यस्ता जर्नेल भए जसले युद्धको सामना त के परेड पनि खेल्नु थिएन |

निर्णय प्रक्रिया साँगुरो घेरामा सीमित भयो | शासनको शैली पुरानोबाट उधारो लिएको जस्तो देखिन थाल्यो, नागरिक समाजले राज्य होइन; राज्यले नागरिक समाज कज्याउने परिपाटीको छनक देखापर्न थाल्यो | अनि भने पार्टीले राज्य होइन; राज्यले पार्टी चलाउने, राजाले पंचायत चलाए जस्तो, आभास हुन् थाल्यो | यति भए पछि विरोधीहरुलाई खुँदो पल्टियो र 'अधिनायकवाद'को आरोप लाञ्छित गर्न थाले | आफै भित्र भने 'जनवादी केन्द्रीयता'को हुर्मत | केही महिनाभित्र सकिनु पर्ने संगठनात्मक मिलान एकपछि अर्को गर्दै हलो अड्केको छ, अड्केको छ, वर्ष दिन वित्दा पनि अब कहिले तुरिने हो अझै ढुक्कले भन्न सकिने अवस्था छैन |

यता केही समय शीर्ष तहका अभिव्यक्तिहरुको छनक निश्चय नै विष्मयकारी र उदेकलाग्दो छ | आफ़ु मुख खोल्दै जाने जो संस्थागत दायराबाट गुज्रनु नपर्ने, आधार भएर पनि त्यसमा बाँधिनु न पर्ने अनि 'मातहत'का करिया झैँ चुपचाप न रहि रहलान त ?!

यता केही समय शीर्ष तहका अभिव्यक्तिहरुको छनक निश्चय नै विष्मयकारी र उदेकलाग्दो छ | आफ़ु मुख खोल्दै जाने जो संस्थागत दायराबाट गुज्रनु नपर्ने, आधार भएर पनि त्यसमा बाँधिनु नपर्ने अनि 'मातहत'का करिया झैँ चुपचाप न रही रहलान त ?! यसरी एक अर्काले पुनरुत्पादन गर्ने भनेको फगत भद्रगोल | शक्तिको यो छिनाछपटी, यसै भन्न सकिन्छ, अनिष्टकारी छ | अव यो लहरो धेरै लामो भ'को छ र दुवै छेउमा तान्न भनेर बसेका हस्तीहरु आन्तरिक मात्रै होलान् भनेर बस्नु यथार्तापरक हुँदैन |

यहीं बेला प्रतिगमनका स्वरहरु चर्को सुनिन थालेका छन् | हुँदा हुँदा कांग्रेसका सभापति चुड्की बाजाको भरमा दुई तिहाई बहुमतको सरकार ढाली दिने उद्घोष गर्न भ्याइसकेका छन् | खिचडी पकाउनेहरु पकाइरहेका छन् | सबैले धमिलो पानीमा न माछा मार्ने हुन् | सच्चिन समय छ, तर इतिहासमा लालचले उत्पन्न गरेको संवेदनहीनता नराम्ररी दण्डित भएको छ | इतिहासको ऐनामा को को कहाँ छन्, सबको अनुहार देखिने नै छ |

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...