लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
पोखरा - नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका–१९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता गर्ने भएको छ ।
हरितालिका तीजको अवसरमा आगामी भदौ ६ देखि ८ गते हुने सो प्रतियोगितामा ६ टिमको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा न्यू डायमण्ड एकेडेमी, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाका विभागीय टिम, जाउलाखेल भलिबल प्रशिक्षण र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टिमले क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजार ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यस्तै सोही अवसरमा संस्थाद्वारा भदौ ४ देखि ६ गतेसम्म अन्तर माध्यमिक विद्यालय भलिबल, लोकनृत्य, महिला तीज गीत, विद्यालयस्तरीय जोडी नृत्य र महिला सामूहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा