बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शुक्रबार कुन राशिले के गर्दा राम्रो ?

शुक्रबार, १३ असार २०७६, ०६ : २३
शुक्रबार, १३ असार २०७६

वि.सं.२०७६ साल असार १३ गते । शुक्रबार । ईश्वी सन् २०१९ जुन २८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि एकादशी,५७ घडी ०३ पला,रातको ०४ बजेर ०३ मिनेट उप्रान्त दुवादशी । नक्षत्र अश्विनी,०४ घडी ४५ पला,बिहान ०७ बजेर ०६ मिनेट उप्रान्त भरुणी । योग सुकर्मा,४१ घडी ३६ पला,बेलुकी ०९ बजेर ५० मिनेट उप्रान्त धृति । करण बव,दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त वालव,रातको ०४ बजेर ०३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा वज्र योग । चन्द्रराशि मेष । स्मार्त हरुको योगिनी एकादशी व्रत। 

काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०२ मिनेट । दिनमान ३४ घडी ३४ पला । 

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मनजाने हुनाले भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको सहि सदुपयोग गरि विदेशि लगानीहरु ल्याई रोजगारका अवसरहरु बढाउन सकिनेछ । कर्म प्राप्तिको लागि लामो दुरिको विदेश यात्रा हुने सम्भावनालाई नकार्न सकिदैन । व्यावसायबाट भनेजस्तो आम्दानी नहुने हुदा थप काम गर्न जागर हराएर जानेछ । घरमा आफन्त विचनै मनमुटाव बढ्ने योग रहेकोछ भने माया प्रेममा धोका हुन सक्छ सचेत रहनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिको तुलनामा खर्च कम हुने हुदा फइदा हुने क्षेत्र खोजेर लगानी  गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पतिको परिचालनको माध्ययमबाट मनग्गे लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धि कामहरुबाट प्रसस्त नाफा कमाउन सकिनेछ । 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कानुन सम्बत गरिने कुनै पनि कामहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेहुँदा मान सम्मानमा बृद्धि भएर जानेछ । नयाँ काम पाउँने तथा व्यापार व्यावसायमा लगानी गरि रोजगारिका अवसर सिर्जना गर्न सकिने हुनालेआर्थिक रुपमा सुदृड होईनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने योग रहेकोछ । प्रेम प्रशङमा सामिप्यता बढेर जानेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) यात्रा गर्दा ध्यान दिनुहोला लामो दुरिको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रने सम्भावना रहेकोछ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा विस्वास गरेकैहरुबाट धोका हुनेछ । 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानी गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाइ लेखाइमा मन अलि बढि समय लगानी गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी  गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मिहिनेतगरे अनुशार नतिजा नआउने हुनाले मन चिन्तित हुनेछ । व्यापार व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा सावधानि अपनाउनु होला नराम्रो घट्ना हुन सक्छ । माया प्रेममा एक अर्काबिच नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा नताको आलोचनात्मक समर्थन रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दै हुनुहुन्छ भने मनग्गे लाभ लिन सकिनेछ । आमा वा परिवारका सदस्यसित टाडिनु पर्दा गाह्रो महशुष हुनेछ । पढाइ लेखाइ बिभिन्न कारणले अश्त व्यस्त रहने तथा तत्काल सुधार गर्न नसकिने हुँदा अरुभन्दा पछि परिनेछ । सर्बसाधारण सहयोग नगर्ने हुँदा राजनीति तथा समाजसेवामा पनि आजको दिन लाग्ने समय छैन । स्वास्थ्य सम्बन्धि समस्या आउने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय मित्र तथा दाजुभाईहरुको सहयोग पाइने हुँदा मन प्रशन्न हुनेछ । व्यापारमा लगानी गरि मनग्गे आय आर्जन गर्न सकिनेछ भने आम्दानीका नयाँ स्रोतहरु थपिनेछन् । माया प्रेममा रमाउँन चाहानेहरुका लागि समय राम्रो रहेकोछ । पढाइ लेखाइमा मन जाने तथा उत्कृष्ट नतिजाको साथमा सम्मानित हुनेयोग रहेकोछ । दैनिक जविनलाई सहज हुनेछोटो तथा रमाईलो यात्रा हुनेछ । धर्म कर्ममा मन जाने हुनाल मन्दिर तथा धार्मिक स्थलको यात्रा हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले दिक्क लाउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुने अधिक सम्भावना रहेकोछ । तापनि होटल तथा रेष्टुरेन्टको व्यावसाय भने फस्टाएर जानेछ । 

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप