मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकको ५९ औ शाखा काठमाडौंको सुकेधारामा

बिहीबार, १२ असार २०७६, १६ : ४४
बिहीबार, १२ असार २०७६

काठमाडौं– हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका— ४ सुकेधारमा ५९ औं शाखा सञ्चालनमा ल्याएको छ । 

सो शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि मनोजबहादुर श्रेष्ठले एक समारोहका बीच गरे ।

सो अवसरमा उनले नेपालको आधुनिक बैंकिङ्ग क्षेत्रमा हिमालयन बैंक सुरक्षित, भरपर्दो र विश्वसनीय भएको र यस नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंक लिमिटेडले ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा सुविधा दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले समृद्धिका लागी साना तथा मझौला उद्यम तथा व्यवसायको बृहत प्रवद्र्धन आवश्यक रहेको र त्यसका लागी हिमालयन बैंक उत्पादनशील क्षेत्रमा कृयाशिल त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्दै अगाडि बढ्ने बताए । उनले समग्र महानगरबासीको सबृद्धि यात्रामा हिमालयन बैंक सम्बन्धित निकायहरुसँग सहकार्य गरेर अगाडी बढ्ने धारण व्यक्त गरे ।

उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पु¥याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप