शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुलाई मर्जरमा जान राष्ट्र बैंकको दबाब

बिहीबार, १२ असार २०७६, १४ : ५८
बिहीबार, १२ असार २०७६

काठमाडौं । नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संघ सस्थालाई मर्जरमा जान दबाब दिएको छ । बिहीबार राजधानीमा सबै बैंक तथा वित्तीय संघ सस्थाका संचाकल समिति अध्यक्ष तथा कार्यकारी निर्देशक(सिईओ) लाई छलफलमा डाक्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिएको हो । 

छलफलका क्रममा राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय सस्थानहरुलाई जतिसक्दो छिटो मर्जरमा जान आग्रह गरेको छ । 

आफुसँग मिल्ने र वित्तिय उद्देश्य मिल्ने बैंक तथा वित्तिय कम्पनीहरुसँग मर्जरको हात बढाउन राष्ट्र बैंकको आग्रह रहेको छ । त्यसका लागि बैंकले उचित वातावरण बनाइदिने सिमेत बताएको छ । 

छलफलका क्रममा राष्ट्र बंैकले विग मर्जरको विषयलाई उठाउँदै स्वतस्फूर्त मर्जरमा जाने हो वा फोर्स मर्जरमा जाने हो आफै निर्णय गर्न बैंकहरुलाई सुझाव दिएको छ । 

बाणिज्य बैंक, बिकास बैंक तथा अन्य फाईन्यान्सियल कम्पनीहरुसँग बैंकले छुट्टाछुट्टै छलफल गरिरहेको छ । 

बिहीबार विहान ११ बजेबाट शुरुभएको बैठकमा ११ बजेदेखि १ बजे सम्म बाणिज्य बैक, १ बजेदेखि ३ बजेसम्म बिकास बैंक र ३ बजेदेखि ५ बजेसम्म अन्य फाइनान्सिङ्ग कम्पनीहरुसँग छलफल गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप