शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमुख्यसचिव मल्लको निधन

बिहीबार, १२ असार २०७६, १३ : २५
बिहीबार, १२ असार २०७६

काठमाडौं– पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए । 

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी रहेका छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए । 

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए । उनी जर्मनीका लागि नेपाली राजदूतसमेत भएका थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप