लागूऔषध सहित दुईजना पक्राउ
बर्दिबास–लागुऔषध सहित बुधबार साँझ दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नं १४ घर भएका ४५ वर्षीय राजेश कुमार शाही र सिन्धुलीको दुधौली नगरपालिका वडा नं १० घर भएका २१ वर्षीय साजन भुजेल रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट लेखिएको ट्याब्लेट ८ सय २५ पिस, एस्पाइसमो लेखिएको ट्याब्लेट ७२ पीस,नोफिन इन्जेक्सन ६ पीस,डाइजेल्याप ईन्जेक्सन ६ पीस,फेरागन ईन्जेक्सन ६ पीस बरामद गरेको छ ।
ज ८ प २९३ नम्बरको मोटरसाइकलकमा सवार उनीहरुलाई महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ५ स्थिति गौशला चोकबाट पूर्वतर्फ आउने क्रममा इलाका प्रहरी कार्यलय बर्दिबास र अस्थाई प्रहरी पोष्ट माइस्थानबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध फेला परेको हो ।
शाही र भुजेललाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’