बालुवाटार जग्गा प्रकरणः थप ३ जनालाई अख्तियारको पुर्जी
बिहीबार, १२ असार २०७६, ११ : ५१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा थप ३ जनालाई बयानका लागि बोलाएको छ ।
बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन भन्दै ८६ जनालाई बयानको लागि बोलाएको थियो ।
अख्तियारले हुपेन्द्रमणी केसी, राम कुमार सुवेदी र शोभाकान्त ढकाललाई ७ दिनभित्र सम्पर्कमा आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।
अख्तियारले बुधबार जारी गरेको सावएजनिक सूचनामा यी तीनै जनाको नाम थिएन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल, केसी र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइने बताएका थिए ।
बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारको ७ दिने सूचना (नामावलीसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !