शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आवश्यकताका आधारमा सरकार परिवर्तनः नेता रावल

बिहीबार, १२ असार २०७६, ११ : १९
बिहीबार, १२ असार २०७६

कैलाली–नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

‘सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल गरिनुपर्छ’, उनले भने ‘सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्छ । नराम्रा कामहरुलाई सच्याउन दबाब दिनुपर्छ ।’

पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने बताए । ‘सरकार स्वतन्त्र प्रेसमाथि अटल विश्वास गर्छ । भाषा शैलीले पत्रकारमाथि असर पर्छ भने सरकारले हेर्छु भनेको छ’ उनले भने ‘कुनै पनि नीति बनाउँदा सरकारले सम्बन्धित क्षेत्रमा पर्ने असर लगायतका विषयलाई नजरअन्दाज गर्नु हुँदैन ।’

उनले जनआवाजका आधारमा सरकारले गुठी विधेयक फिर्ता लिएको बताउँदै सरकार जहिले पनि जनताका पक्षमा काम गर्न तयार रहेको बताए । 

नेकपाको जिल्ला कमिटिहरुको सपथ ग्रहण गराउन जेठ २५ गतेदेखि प्रदेशमा रहेका नेता रावलले अछाम जिल्लाका आठ वटा स्थानमा जनसभा कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए ।

उनले जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सक्ने सहमति भएको बताए । सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता रावलले कमिटिको सपथ ग्रहणमा कुनै पनि सदस्यले वहिष्कार नगरेको बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप