शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

“कस्तो नराम्रो समाज ! बाँचुन्जेल जिउमा थाङ्ना नपाइने, मरेपछि नयाँ कात्रो चाहिन्छ रे !”

“ला खुब खा, आशीर्वाद दे, जसको कमाइ हो, ऊ त मरी । तर तेरो आशीर्वाद निश्चय लाग्छ । मनबाट आशीर्वाद देलास् । पसीनाको कमाइ हो ।”
बिहीबार, १२ असार २०७६, १० : ४९
बिहीबार, १२ असार २०७६

झुपडीको दैलोमा खरानी मात्र भएको मकलमा झुम्मिएर बाबु–छोरा चुपचाप बसिरहेका थिए । झुपडीभित्र तरुणी बुहारी बुढिया प्रसव–वेदनाले छट्पटाइरहेकी थिई– घरि घरि ‘ऐऽया’, ‘आत्था’ आवाजले मुटु छुन पुग्थ्यो । जाडोको रात थियो, चारैतिर निःस्तब्ध सारा गाउँ अँध्यारोमा हराएको थियो ।

घीसूले भन्यो– “बाँच्लीजस्तो लाग्दिन, बिचरी ! दिनभरि यता उता कुद्दै बित्यो, जा हेरेर आइज ।”

माधवले दिक्क मान्दै बोल्यो– “मर्ने नै हो भने किन मरिहाल्दिन ? मैले हेरेर पनि के गर्नु ?”

तँ साह्रै निठुरी छस् ! वर्षभरि जोसित सुखचैनमा बिताइस्, उसैलाई यस्तो गर्छस् ।

“त्यो छट्पछाएकी–कष्टले कराएकी म हेर्न सक्तिनँ ।”

गाउँमा कामको खाँचो थिएन । तर यी दुईलाई त्यतिबेलामात्र बोलाउँथे, जब दुईजनाबाट एकजनाको काम मात्रले पनि सन्तोष मानुपथ्र्यो । यिनीहरुको जीवन नै विचित्र थियो– घरमा माटाका दुईचार भाँडाहरुबाहेक अरु केही थिएन । कुनै मुश्किलले फाटेको झुत्राले लाज शर्म ढाक्ने गर्थे ।

सार्कीहरुको टोल थियो– गाउँभरिमा बदनाम थियो । घीसू एक दिन काम गरेर तीन दिन सुत्थ्यो । माधव यति अल्छी थियो कि आधा घण्टा काम गर्दा एक घण्टा चिलिम फुक्थ्यो । यसै कारण यिनीहरुले कहीं काम पाउँदैनथ्यो । घरमा एक मुठी अन्न भए काम गर्नलाई यिनीहरुको नौ नाडी गल्थ्यो । दुई चार छाक पटुका कस्नु परेपछि मात्र घीसू जंगल गएर दाउरा ल्याउँथ्यो, माधव त्यसलाई बेच्न बजार जान्थ्यो । पैसा भइञ्जेल घुमिहिँड्थे । गाउँमा कामको खाँचो थिएन । तर यी दुईलाई त्यतिबेलामात्र बोलाउँथे, जब दुईजनाबाट एकजनाको काम मात्रले पनि सन्तोष मानुपथ्र्यो । यिनीहरुको जीवन नै विचित्र थियो– घरमा माटाका दुईचार भाँडाहरुबाहेक अरु केही थिएन । कुनै मुश्किलले फाटेको झुत्राले लाज शर्म ढाक्ने गर्थे । सांसारिक चिन्तादेखि निस्फिक्री ऋणले टुप्पी नाघेको थियो । गाली र कुटाई खान्थे, तर केहीजस्तो मान्दैनथे । यिनीहरुबाट फिर्ता पाउने पटक्कै आशा नहुँदा पनि कतिले ऋण दिन्थे । अर्काको खेतबाट मटर आलु उखेलेर भुटभाट गरेर खान्थे, नत्र दश पाँच उखुका लाँक्रा चुसेर रात काट्दथे । घीसूले यसरी नै साठी वर्षको उमेर बिताएथ्यो, अनि माधवले पनि सुपुत्रझैं बाबुको अनुसरण गर्न चुकेको थिएन । अहिले पनि यी दुई मकलमा आलु पोलेर खाइरहेथे । घीसूकी स्वास्नी मरेकी धेरै भएथ्यो । माधवको बिहे पोहोर साल भएथ्यो । घरमा बुहारी आएपछि चूल्हा जल्न थालेथ्यो । बाबु छोरा झन् अल्छे भएका थिए । कसैले काम गर्न बोलाए डबल ज्याला माग गर्थे । बुहारी आज प्रसव–वेदनाले मर्न लागिरहिथी, अनि ती दुईचाहिँ कति बेला मर्छे र ढुक्कसित सुतौं भन्ने सोचिरहेथे ।

घीसूले तातो आलु तास्दै भन्यो– “गएर हेर्न है कस्तो छे ? चुँडेलले भेट्यो होला ? यहाँ त झाँक्रीले पनि एक रुपियाँ माग्छ ।”

माधवलाई डर थियो कि ऊ भित्र गए घीसूले सबै आलु सिध्याउने छ भन्ने । उसले भन्यो– “मलाई भित्र जान डर लाग्छ ।”

“केको डर ? म यहाँ छँदैछु त ।”

“तिमी नै गएर हेर न ।”

“मेरी स्वास्नी मरेकी बेला म तीन दिनसम्म उसलाई सामातिरहें । फेरि मसित बुहारी लाज मान्दिन र ? दुखेकोले जीउको ख्याल गर्न नसकेकी होली । मलाई देखेपछि चट्पटाउन पनि सक्तिन, बिचरी ।”

“मलाई लाग्छ– नानी जन्मेपछि के गर्नु ? घरमा फेल–पानी केही छैन ।”

“सबै थोक जोगाड हुन्छ । भगवानले हेर्नेछ ! एक पैसा नदिनेहरुले नानी देखेपछि बोलाउँदै पैसा दिनेछन् । मेरा नौजना नानीहरु भएथे– घरमा केही थिएन । तर भगवानले कसरी कसरी पार तारिदिनुभो ।”

दिनरात पसीना बगाएर पनि भोको पेट नै सुत्नुपर्ने किसानहरुलाई देखेर घीसू र माधवले आफैंलाई धन्य सम्झन्थे । दुवैले तातो आलु मुख पोल्दै खान थाले । हिजोदेखि केही खाएको थिएन । आलु सेलाउञ्जेल पनि पर्खन सकेन ।

दिनरात पसीना बगाएर पनि भोको पेट नै सुत्नुपर्ने किसानहरुलाई देखेर घीसू र माधवले आफैंलाई धन्य सम्झन्थे । दुवैले तातो आलु मुख पोल्दै खान थाले । हिजोदेखि केही खाएको थिएन । आलु सेलाउञ्जेल पनि पर्खन सकेन । कतिपल्ट मुख पोल्यो । पोलेको आलु तासेर मुखमा हाल्दा आगोको भुङ्रो हालेजस्तै हुन्थ्यो र पनि ती दुवैले सक्दो तातो निल्दै थिए । यसरी निल्दा आँखाबाट आँसु पनि निस्किरहेथ्यो ।

घीसूले बीस वर्षअघिको ठाकुरको बिहे सम्झ्यो । बिहेमा भोज खाएको उसको जीवनमा कहिल्यै नबिर्सने कुरो थियो ।  उसले भन्यो– “त्यो दिनको भोज भुल्न सकिँदैन ।” त्यस्तो खानेकुरो फेरि कहिल्यै खान पाइएन । बेहुलीपट्टिकाले सबलाई पेटभर पुरी खुवाएथे– शुद्ध घिउको पुरी । चटनी, अचार, तीन किसिमका साग, सरकारी, दही, मिठाई, के के किसिमका खाना जति खाए, बेहिसाब । मानिसहरुले घाँटीसम्म हुनेगरी खाए । बाँड्नेले ‘भो भो’भन्दा पनि जबरजस्ती टपरीमा हालिदिने । खाइसकेपछि पान सुपारी अलैँची । मैले त पान पनि खाइनँ, खाएर उभिनै सकिनँ । हत्तपत्त उठेर घरमा पुगेर ढल्किएँ । ठूलो मन भएको ठाकुर थियो ।”

माधवले मनमनै मुख मिठ्याउँदै भन्यो– “अब कसैले यस्तो भोज खुवाउँदैन ।”

“कसले खुवाओस् ? त्यो समय नै बेग्लै थियो । अहिले सबले आफ्नो फाइदा हेर्छन् ।  बिहे–बटुलमा खर्च नहोस्, क्रिया–घेवामा खर्च नहोस् भन्छन् । यत्रो गरिबलाई लुटेको सम्पत्तिचाहिँ कहाँ राख्छन् कुन्नि ? लुट्नु त त्यतिकै छ । अँ, खर्चमा घट्ती देखिन्छ ।”

“तिमीले गोडा बीसेक पुरी खायौ होला ?”

“बीसभन्दा धेरै खाएथेँ ।”

“म भए पचास पुरी खाने थिएँ ।”

“मैले पनि पचासभन्दा कम्ती खाइनँ । म हृष्टपुष्ट थिएँ । तँ त मेरो आधा पनि छैनस् ।”

आलु खाइसकेपछि दुवैले पानी पिए, अनि त्यहीं मकलको छेवैमा धोती ओढेर सुते, मानौं दुई ठूला अजिंगर गुड्लिरहेछ ।

बुढिया अझै पनि बेथाले चिच्याइरहेकी थिई ।

बिहान माधवले झुपडीभित्र गएर हेर्दा उसकी स्वास्नी पहिल्यै मरिसकेकी थिई । मुखमा झींगा भन्किरहेथ्यो; काठजस्तो खुट्टा माथि उचालेकी थिई, शरीरभरि धूलो भरिएको थियो । उसको पेटमा नानी मरेको थियो ।

धेरै रुने–धुने समय थिएन । कात्रो र जलाउने दाउराको समस्या थियो । घरमा फुटेको कौडी थिएन ।

माधव आत्तिएर घीसूकहाँ आयो, दुवै छाती पिट्दै ठूलो स्वर निकालेर रुन थाले । रुवाइ सुनेर छर–छिमेकीहरु आए, अनि परम्पराअनुसार सम्झाउन लागे । तर धेरै रुने–धुने समय थिएन । कात्रो र जलाउने दाउराको समस्या थियो । घरमा फुटेको कौडी थिएन ।

 बाबु छोरा रुँदै गाउँको जमिन्दारकहाँ गए । जमिन्दारले यी दुईलाई एक आँखाले  पनि हेर्न सक्तैनथ्यो । कतिपल्ट कुटेको पनि थियो र पनि सोध्यो– “के भो घीसू ! किन रोएको ? आजकल अनुहार देखाउँदैनस् ?”

घीसूले भूईंमा टाउको ठोकाउँदै आँखाभरि आँसु पार्दै भन्यो– “‘सरकार’ ठूलो विपत्तिमा परें । माधवकी स्वास्नी हिजो राती मरी । रातभरि छट्पटाई रही, सरकार ! हामी दुई उसको सिरानीमा बसेर रात काट्यौं । दवाइ पानी सक्दो गर्‍यौं, आखिरमा मरी । हामी बरवाद भयौं– घरै उजाड भयो । तपाईं हाम्रो मालिक, तपाईंले नै यो बोझ हल्का गर्न सक्नुहुन्छ । भएको सब दवाइ पानी गर्दा तु¥यो । अब सरकारबाट दया होस्; अरु कहाँ जानु ?”

जमिन्दार दयालु थियो । तर घीसूलाई दया गर्नु र खोलामा ढुंगा हान्नु बराबर थियो । काममा बोलाउँदा आउँदैन, अहिले आफूलाई पर्दा यस्तो विलाप गर्छ, हरामखोर ! रिसाउँदै उसले दुई रुपियाँ निकालेर दियो । तर सान्त्वनाको एक शब्द पनि उसको मुखबाट निस्केन । घीसूलाई राम्ररी हेर्दा पनि हेरेन, मानौं टाउकोको भार हल्का गरिरहेछ । गाउँको जमीन्दारले दुई रुपियाँ दिएपछि अरु महाजन साहूकारले नाइँ भन्न सकेनन् । घीसूले जमिन्दारको नाम लिएर हल्ला गर्न जान्दथ्यो । कसैले दुई आना दिए, कसैले चार आना । एक घण्टाभित्रमा घीसूको हातमा पाँच रुपियाँ जम्मा भएथ्यो । दिउँसो घीसू र माधव कात्रो किन्न बजार गए । अरु मानिसहरु बाँस काट्न हिंडे ।

 बजार पुगेर घीसूले भन्यो– “लाश जलाउने दाउरा त जुटिहाल्यो, हैन माधव ?”

माधवले भन्यो– “अँ, दाउरा त पुगिहाल्छ, अब कात्रो चाहिन्छ ।”

“उसोभए कुनै मामुली कात्रो किनौं ।”

“अँ, लाश निकाल्दा निकाल्दै रात पर्छ । राती कसले कात्रो हेरिरहन्छ ?”

“कस्तो नराम्रो समाज ! बाचिञ्जेल जीउमा थाङ्ना नपाउनु, मरेपछि नयाँ कात्रो चाहिन्छ रे !”

“लाशसित जल्ने त हो कात्रो !”

“हो नि ! यो पाँच रुपियाँ पहिले नै पाएको भए दवाइ पानी गर्ने थियौं ।”

दुवैले एकअर्काको मनको कुरा अनुमान गरिरहेथे । बजारमा यताउता घुमिरहे । रेशमी, सूती विभिन्न प्रकारका लुगाहरु हेरे, तर मन पराएनन् । यतिमै साँझ प[=यो । दुवैजना संयोगवश एउटा रक्सीको भट्टीनजिक आइपुगे । दुवै केहीबेर उभिरहे । त्यसपछि घीसूले भित्र पसेर भने– ‘साहूजी, हामीलाई एक बोतल दिनुहोस् । बोलतसित भुटेको माछा, भाजी पनि आयो । दुवै बसेर ढुक्कसित पिउन थाले । केही गिलाँस घट्घट् पिएपछि दुवैलाई नशा लाग्यो ।

घीसूले भन्यो– “कात्रो लाएर के पाउँथ्यो ? आखिर डढिहाल्थ्यो । बुहारीसित त जाने थिएन ।” माधवले आकाशतिर फर्केर भन्यो– “दुनियाँको दस्तूरमात्र हो । मानिसहरु बाहुनहरुलाई हजारौं रुपियाँ दान गर्छन् । कसले देखेको छ – परलोकमा त्यो पाइन्छ कि पाइँदैन ।”

घीसूले भन्यो– “कात्रो लाएर के पाउँथ्यो ? आखिर डढिहाल्थ्यो । बुहारीसित त जाने थिएन ।”

 माधवले आकाशतिर फर्केर भन्यो– “दुनियाँको दस्तूरमात्र हो । मानिसहरु बाहुनहरुलाई हजारौं रुपियाँ दान गर्छन् । कसले देखेको छ – परलोकमा त्यो पाइन्छ  कि पाइँदैन ।”

“ठूला मानिसहरुसित धन छ उडाऊन् । हामीसित के छ र उडाउनु ?”

“तर मानिसहरुलाई के भन्ने ? कात्रो खोइ भनेर सोध्छन् नै ।”

घीसू हाँस्यो । ‘अरे भनौंला, रुपियाँ पटुकादेखि झरिगएछ । कति खोज्यौं, पाइएन । मािनसहरुले विश्वास गर्ने छैनन् । फेरि तिनीहरुले नै रुपियाँ दिने छन् ।

माधव पनि हाँस्यो अनि भन्यो– “बिचरी साह्रै राम्री थिई । मरेर पनि खुव खुवाई–पियाई ।”

आधी बोतल सिद्धिएथ्यो । घीसूले दुई सेर पुरी मगायो । फेरि चटनी, अचार कलेजो । रक्सी पसलसामुन्ने पसल थियो । माधव लम्केर दुई पत्तामा सामान लिएर आयो । डेढ रुपियाँ बढी खर्च भएथ्यो, अब केही पैसामात्र बाँचेथ्यो । दुवै ठाटसित बसेर पुरी खाइरहेका थिए । न कसैलाई केही भन्नुपर्ने सुर्ता न बदनामीको डर । दुवै निस्फिक्री थिए ।

घीसूले दार्शनिक भावमा भन्यो– “हाम्रो आत्मा खुशी भएपछि के उसलाई पुण्य हुँदैन र ?”

 माधवले श्रद्धापूर्वक टाउको निहुराउँदै भन्यो– “निश्चय नै हुन्छ । भगवान, तपाईं अन्तर्यामी; उसलाई वैकुण्ठ लानुहोस् । हामी हृदयबाट आशीर्वाद दिन्छौं । आज जुन भोजन पायौं, त्यो कहिल्यै पाएका थिएनौं ।”

 एकक्षणपछि माधवको मनमा एक आशंका उब्ज्यो । उसले भन्यो– “बाबा, हामी त एक दिन जानुपर्छ हैन ?”

 घीसूले यो सोझो प्रश्नको उत्तर दिएन । परलोकको कुरा गरेर यो आनन्दमा बाधा गर्न उसको इच्छा थिएन ।

“त्यहाँ हामीलाई कात्रो किन दिएनौ भनेर उसले सोधी भने ?”

“तेरो टाउको सोध्छ ।”

“सोध्न त सोध्छे ।”

“उसले कात्रो पाउँदिन भनेर कसरी भन्छस् ? मलाई गधा सम्झन्छस् ? साठी वर्ष के त्यसै बित्यो ? उसले कात्रो पाउँछे, राम्रो खालको पाउने छ ।”

 माधवलाई विश्वास भएन । सोध्यो– “कसले दिन्छ ? रुपियाँ त तिमीले हजम ग[=यौ । उसले त मलाई सोध्छे । उसको सिउँदोमा त सिन्दुर मैले हाल्याछु ।”

घीसू तातिंदै बोल्यो– “भन्दैछु, उसले कात्रो पाउँछे । तँ किन मान्दैनस् ।”

“कसले दिन्छ ? भनन त ?”

“तिनीहरुले नै दिनेछन् अगि जस–जसले दिए । अँ, अब रुपियाँ हाम्रो हातमा पर्दैन ।”

साँझ छिप्पिदै जाँदा भट्टीको रमाइलोपन पनि बढ्दै जान्थ्यो । कोही गीत गाउँथ्यो, कोही हाँक पिट्थ्यो, कोही साथीसित अंगालो हाल्थ्यो। वातावरण रमाइलो थियो । जीवनका समस्याहरु केही क्षण भुल्न यहाँ आउँथे । बाबु छोरा रक्सी पिउनमा मस्त थिए । सबैको दृष्टि यी दुईमाथि थियो । एक बोतल बीचमा थियो ।

सूले भन्यो– “ला खुब खा, आशीर्वाद दे, जसको कमाइ हो, ऊ त मरी । तर तेरो आशीर्वाद निश्चय लाग्छ । मनबाट आशीर्वाद देलास् । पसीनाको कमाइ हो ।”

पेटभरि खाएर माधवले रहेको पुरीको टपरी एक माग्नेलाई दियो, जो भोको आँखाले ती दुईलाई ताकिरहेथ्यो । जीवनमा पहिलोपल्ट उसले दिने गौरव, आनन्द र उल्लास अनुभव ग[=यो । घीसूले भन्यो–  “ला खुब खा, आशीर्वाद दे, जसको कमाइ हो, ऊ त मरी । तर तेरो आशीर्वाद निश्चय लाग्छ । मनबाट आशीर्वाद देलास् । पसीनाको कमाइ हो ।”

 माधवले फेरि आकाशपट्टि फर्केर भन्यो– “ऊ बैकुण्ठ जानेछ बाबा ! बैकुण्ठकी रानी हुनेछ ।”

घीसू धरमर गर्दै उठ्यो । ‘हो छोरा, वैकुण्ठ जानेछ । कसैलाई सताइन्, कसैलाई दवाइन् । मर्ने समयमा पनि हाम्रो जीवनको सबभन्दा ठूलो इच्छा पूरा गरिदिई । ऊ वैकुण्ठ नगएर के मोटा मानिसहरु जान्छन्, जो गरिबहरुलाई दुवै हातले लुट्छन् ? अनि आफ्नो पाप धुनलाई गंगामा नुहाउँछन्, मन्दिरमा पानी चढाउँछन् ?”

अनायास माधवको मनमा दुःख पल्हायो । भन्यो– “तर बाबा बिचरीले जीवनभर दुःख सही । कति दुःख सहेर मरी । ऊ रुन थाल्यो, क्वाँ... क्वाँ ।”

घीसूले सम्झयो– “किन रुन्छस् छोरा ! खुशी मनाऊ कि ऊ मायाजालदेखि मुक्त भई । भाग्यमानी थिई र यति छिटै मायामोहको बन्धनदेखि मुक्त भई ।”

त्यसपछि दुवै उठेर गीत गाउन थाले–

“ठगिनी क्यों नैना झमकावे ! ठगिनी...।”

मत्थुहरुको दृष्टि यिनीहरुमाथि थियो । यी दुई मस्त भएर गाइरहेका थिए । फेरि दुवै नाच्न थाले । घरि लड्थे, घरि उठ्थे । आखिरमा मातेर चूर भएर दुवै त्यहीं लमतन्न परे ।

प्रेमचन्दको बहुचर्चित कहानी कफनको नेपाली अनुवाद

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुन्सी प्रेमचन्द
मुन्सी प्रेमचन्द
लेखकबाट थप