शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दुलहीले कुकुरसँग गरिन् यस्तो डान्स, भिडियो हेरेर सबै चकित

बिहीबार, १२ असार २०७६, ०९ : ०६
बिहीबार, १२ असार २०७६

विवाहको मौकामा एक दुलही आफ्नो कुकुरसँग डान्स फ्लोरमा पुगिन् र दुबै मिलेर यस्ता डान्स गरिन् त्यहाँ उपस्थित सबै देखेर दंग परे । सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले हालै आफ्ना साथी ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् । त्यसपछि उनले आफ्नो ७ वर्षको कुकुरसँग डान्स गरिन् । यो भिडियो तीब्र रुपमा सोसल मिडियामा भाइरल भइरहेको छ ।

 सारा आफैंले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरिन् । भिडियोमा सारा र उनको कुकुर फ्रि स्टाइलमा डान्स गरिरहेको देख्न सकिन्छ । नाच्ने क्रममा कुकुरले सारामािथ चढेर आफ्नो कला पनि देखायो ।

भिडियो पोष्ट ष्र्लै सासारले क्याप्सन लेखेकी छिन्, ‘आज मेरो लागि ठूलो दिन हो । म निकै खुसी छु कि जीवनको यात्रामा यो हिरो मसँगै रह्यो । हामीले साथमा एक उत्कृष्ट समय बितायौं ।’

भिडियो सेयर गरेपछि यो भाइरल हुन धेरै समय लागेन । अहिलेसम्म यसलाई ९० लाख बढीले हेरिसकेका छन् ।

साराले डेली मेललाई भनिन्, ‘मैले ठूलो र गह्रुँगो पहिरन लगाएकी थिएँ जसका करण म निकै नर्भस थियौं । हामीले विवाहको दिन गरिने डान्स प्राक्टिस गरेका थिएनौं त्यसकारण मलाई के गर्ने भन्ने पनि थाहा थिएन । ’

साराले अमेरिका गट ट्यालेन्ट, टेलिभिजन शो र लाइभ स्टेजमा आफ्नो कुकुरसँग विभिन्न प्रस्तुती दिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप