बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एसईईको नतिजा आज, कसरी हेर्ने ?

बिहीबार, १२ असार २०७६, ०९ : ०१
बिहीबार, १२ असार २०७६

राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (आज) प्रकाशित गर्ने भएको छ ।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए । 

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।

जस्तै : एसईई स्पेस सिम्बोल नम्बर (see<space>symbol no) टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । 

यो बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।
 
यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप