मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु

बिहीबार, १२ असार २०७६, ०८ : ४७
बिहीबार, १२ असार २०७६

बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।

साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो  ।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप