बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती राजकुमारले भने, ‘मेरो बच्चाहरु समलिङ्गी भए...’

बिहीबार, १२ असार २०७६, ०८ : ३२
बिहीबार, १२ असार २०७६

बेलायती राजकुमार विलियम्सले आफ्ना सन्तान समलिङ्गी भए उनीहरुलाई पूर्ण समर्थन गर्ने बताएका छन् । यद्यपि, उनीहरुले जुन दबाब झेल्नुपर्छ त्यसका लागि आफू चिन्तित भने हुने स्विकार गरेका छन् ।

यो कुरा आफूले पहिलो सन्तानको जन्मलगत्तै सोचेको जानकारी दिए ।

‘मेरो यो चाहना छ कि हामी यस्तो संसारमा बाँचौं जहाँ यी सबै कुरा साधारण होस्, तर विशेषगरी मेरो परिवारको जुन स्थान छ, यो अवस्थामा मेरा सन्तान समलिङ्गी भए उनीहरुलाई थप दबाब हुन्छ भन्ने पिर छ ’ उनले भने ।

ड्युक अफ क्याम्ब्रिजले लण्डनस्थित एलजीबीटी युथ च्यारिटीमा बोलिरहेका थिए ।

आफ्ना सन्तानले जस्तो सुकै निर्णय लिएपनि आफूले समर्थन गर्ने बताउँदै उनले थपे, ‘तर एक पिता भएको नाताले म चिन्तामा भने पक्कै हुन्थेँ ।

‘कति धेरै बाधा–अवरोध, घृणा, उत्पीडन र सम्भावित भेदभावले मलाई केही चिन्तित भने पक्कै बनाउनेछ ।’

विलियम्सको यस्तो बयानले संसारभरीका एलजीबीटी समुदायलाई खुसी दिलाएको छ ।

बेलायती राजपरिवारको सदस्यले लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डरको अधिकार र समानताका लागि उनीहरुको लडाईंमा समर्थन गर्नु निकै ठूलो कुरा भएको विभिन्न संचार माध्यमले बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप