अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ, तत्काल स्पष्टिकरण माग
अष्ट्रेलियाली विद्यार्थी उत्तर कोरियामा पक्राउ परेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि अष्ट्रेलियाले यसबारे तत्काल स्पष्टिकरणको माग गरेको छ ।
अष्ट्रेलियाली तथा दक्षिण कोरियाली मिडियाले पक्राउ पर्ने विद्यार्थी २९ वर्षीय एलेक सिग्ले भएको जानकारी दिएको छ । उनी प्योंगयांगमा बसिरहेको पनि जानकारीमा उल्लेख छ ।
अष्ट्रेलियाको विदेश मामला एवं व्यापार विभागले गोपनियताका कारण उनीबारे त्यति जानकारी उपलब्ध गराएको छैन ।
अष्ट्रेलियाले पक्राउ परेको भनिएका विद्यार्थीका परिवारलाई सहयोग गरिरहेको जानकारी दिएको छ ।
‘विभागले तत्काल स्पष्टिकरणको माग गरेको छ,’ बिहिबार प्रकाशित एक वक्तव्यमा बताइएको छ ।
ती विद्यार्थीलाई किन पक्राउ गरियो भनेर स्पष्ट जानकारी उपलब्ध छैन ।
सिग्ले उत्तर कोरियाको राजधानीस्थित किम क्ष्क्ष्–संग युनिभर्सिटीमा कोरियन साहित्यमा स्नातकोत्तर गरिरहेका थिए । उनले उत्तर कोरिया भ्रमण गर्न चाहने विदेशीका लागि टुर पनि चलाउँछन् ।
द गार्डियनमा मार्चमा प्रकाशित एक लेखमा उनले आफूलाई उत्तर कोरियामा बस्ने एक्ला अष्ट्रेलियाली नागरिक बताएका थिए ।
उनले कसैको सहयोग बिना उत्तर कोरियाली शहरमा घुम्न सक्ने बताएका थिए ।
यो हप्ताको सुरुवातमा उनका साथीले उनी हराइरहेको जानकारी दिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पले बताएको छ ।
उत्तर कोरियामा अष्ट्रेलियाको कुनै दूतावास छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?