मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा उकुसमुकुसः मनमुटावका ५ कारण

बिहीबार, १२ असार २०७६, ०६ : ३२
बिहीबार, १२ असार २०७६

शीर्ष नेतादेखि सांसदसम्मकै अन्तर्विरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन्–चरम बन्दै गएको छ । एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एकपक्षीय कदमले नेकपाभित्रको अन्तरकलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।

संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्यविभाजनमा गुटको रस्साकसी सतहमै आएको छ । 

पार्टी, संसदीय दल र सरकारबीच संवादहीनतााको स्थिति छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन् । 

पाँच कारणः 
सहमतिमा शंका
सरकारको काम
संसदमा दुई धार
संवादहीनता
अधुरो एकता 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप