शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानका बारेमा ट्रम्प र पुटिनबीच कुराकानी हुने

बुधबार, ११ असार २०७६, २३ : १४
बुधबार, ११ असार २०७६

एजेन्सी-रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै भेटवार्ता हुने भएको छ ।  जी २० सम्मेलनका क्रममा जापानमा उनीहरूबीच यही हप्ता भेटवार्ता हुने रुसी विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

उनीहरूबीच इरानसँग अमेरिकाको चर्किदो विवाद र सिरिया सङ्कटका बारेमा कुराकानी हुने अधिकारीहरूले बताएका छन् । 

इरानसँगको विवाद चर्किदै गएकाले विभिन्न देशका शीर्ष नेताहरूसँग छलफल गरिरहेको अमेरिकी पक्षले रुसी राष्ट्रपतिसँग पनि छलफल गर्न लागेको हो । 
पुटिनले जापान भ्रमणका क्रममा बेलायती कामचलाउ प्रधानमन्त्री थेरेशा मे, टर्कीका राष्ट्रपति रेसेप तयप एड्रोगान, साउदी युवराज मोहम्मद बिन सलमानलगायतसँग पनि भेटवार्ता गर्ने विदेश मन्त्रालयले जनाएको छ । 

पुटिनले ट्रम्पसँग यही आउँदो शुक्रबार जापानको पश्चिमी शहर ओसाकामा भेट्नुहुने अधिकारीहरूले जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप