शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण सर्यो एसइईको नतिजा सार्वजनिक गर्ने समयतालिका

बुधबार, ११ असार २०७६, २२ : ३७
बुधबार, ११ असार २०७६

भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए । 

कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले भोलि बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयले भोलि दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नअए भोलि नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप