बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कानूनको नजरमा सबै नागरिक समानः महानिरीक्षक खनाल

बुधबार, ११ असार २०७६, २१ : ५२
बुधबार, ११ असार २०७६

काठमाडौं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानून र कानून कार्यान्वयनको क्रममा प्रहरीको हेराइमा सबै नागरिक समान रहेको बताएका छन् । 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज प्रहरी प्रधान कार्यालयमा भएको ‘प्रहरीसँग एक दिन’ कार्यक्रममा उहाँले कानूनको नजरमा सबै नागरिक बराबर भएको बताएका हुन् । 

महानिरीक्षक खनालले शिक्षाको गुणस्तर राम्रो बनाउन र समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, विद्यालय र समाज एकसाथ मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरे । उनले भूकम्प, प्राकृतिक प्रकोप, सडक सुरक्षालगायतका सुरक्षामा स्कुललेसमेत सामान्य नियम बनाइ लागू गर्नुपर्ने बताए ।

 प्रहरी सबै नागरिकको साझा सङ्गठन हो भन्ने भावना जागृत हुनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका ग्यालेक्सी पब्लिक स्कुल ज्ञानेश्वर, हिमरश्मी हाइस्कुल बालाजु, जोसेफ हाइस्कुल कपन, काभ्या स्कुल बानेश्वर, नन्दी स्कुल नारायणचौर नक्साल, श्री शान्ति विद्यागृह लैनचौर, युलैन्स स्कुल खुमलटार र सेन्ट जेभियर्स स्कुल जावलाखेलका प्रधानाध्यापक, शिक्षक एवं विद्यार्थीको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप