बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जबर्जस्ती बजेट पारित गरेको भन्दै काँग्रेस नेताले च्याते पोखरा महानगरको रेडबुक

बुधबार, ११ असार २०७६, २१ : ४१
बुधबार, ११ असार २०७६

कास्की-जबर्जस्ती बजेट पारित गरेको भन्दै, काँग्रेस निकटका वडाध्यक्षले पोखरा महानगरको रेडबुक (बजेट विवरण) च्यातेका छन् । बुधबार नगरसभाको चौथो दिन आएको रेडबुकमा असहमति जनाउँदै उनले रेडबुक च्यातेका हुन् ।

रेडबुक आइसकेपछि त्यसबारे छलफल हुनुपर्नेमा छलफलको समय र बजेटबारे बोल्ने मौका पनि दिइएन्, पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले भने, ‘हामीले रेडबुक आइसकेपछि छलफल गरौं भनेका थियौं । ३ बजेमात्रै रेडबुक आयो । त्यसमा पनि हामीलाई बोल्ने मौकै दिइएन ।’ समान रुपमा बजेट वितरण नभएको उनको आरोप छ ।

रेडबुक नसच्याए बिहीवार महानगर ताला लगाउने उनले चेतावनी दिए । रेडबुकमाथि छलफलको लागि समय दिनुपर्ने भए पनि एक्कासि बजेट पारित गरेको भन्दै उनले आक्रोश पोखे । 

मेयर मानबहादुर जिसीका सामु ११ वडाध्यक्षसहित ४८ जनाले रेडबुक च्यातेर फालेका हुन् । बजेट वडास्तरीय नभर्इ नगरस्तरीय आएको उनीहरुको आरोप छ । 

गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा विपक्षी दलका सांसदहरुले पनि बजेट वितरणमुखी भएको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप