शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा पछिल्लो ३ हप्तामा ३१ लागुऔषध कारोबारी प्रहरी फन्दामा

बुधबार, ११ असार २०७६, १९ : २७
बुधबार, ११ असार २०७६

पोखरा – पछिल्लो ३ हप्तामा मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले ३१ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ जना पुरुष र २ जना महिला छन् ।  कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार नेपालमा समकालीन साथीको प्रभावमा परी लागूऔषध सेवन प्रभाव र दबाब बढ्दै गएको छ ।

‘लागूऔषध सेवन बढ्नुको मुख्य कारण समकालीन साथीको प्रभाव र दबाब नै हो,’ उनले भने । उनका अनुसार पारिवारिक झगडाको तनाव, छोराछोरीलाई अनावश्यक रुपमा पैसा दिइनु साथै सहज मोजमस्तीको चाहनाले पनि यस्ता समस्या निम्ति रहेका छन् । बालसुलभ मष्तिस्क, अज्ञानता साथै कसैको लोभमा परेर पनि यस्ता घटना दोहोरीने उनले सुनाए । 

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागू औषध दुरुपयोग एवम् ओसारपसारको विरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्ययोजनाको समापन समारोहमा बोल्दै उनले लागुऔषध सम्बन्धि यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् । 

लागुपदार्थ दुव्र्यसनीरहित समाज निर्माण गर्नका लागि आफैंबाट कदम चाल्नुपर्ने उनको भनाई थियो । ‘लागुपदार्थ दुव्र्यसनीको अन्त्य गर्न अर्को ग्रहबाट जादुमयी व्यक्ति झर्दैन,’ उनले भने, ‘हामीले नै अन्त्य गर्ने हो । त्यसैले यसको बारेमा सबैलाई सूसुचित गरौं ।’ लागुपदार्थको अन्त्य गर्छु भोर फगत कार्यक्रममा बोल्ने भन्दा पनि यथार्थमा लागु गर्नुपर्ने उनको भनाई छ । 

२०६३ यताको तथ्याँक हेर्दा नेपालमा १५ लाख बढी लागु औषधको प्रयोगकर्ता भेटिएको उनले जानकारी दिए । यो रेसियो दिनप्रति दिन डरलाग्दो रुपमा बढ्दै गएको उनले सुनाए । वार्षिक २५.१७ प्रतिशतका दरले लागुऔषध कारोबारीको संख्या बढ्दै गएको उनले सुनाए । त्यसमध्ये पनि ११.३ प्रतिशत कडा खालको लागुऔषध प्रयोग गर्ने गरेको उनले जानकारी दिए । 

जनस्तरमा चेतना जगाउँन २० हजार बढी पर्चा पम्पलेट बाडेको तर खासै उपलब्धि भने हासिल हुन नसकेको उनले सुनाए । २९ जेठमा लागुऔषध कारोबारी गोविन्द थापालाई नियन्त्रणमा लिन गोलीनै चलाएको थियो ।

    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप