शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरी भ्यान दुर्घटनाः मृतक परिवारलाई १० लाख क्षतिपूर्ति

बुधबार, ११ असार २०७६, १८ : ३८
बुधबार, ११ असार २०७६

रौतहट– म्याद थमाउन जिल्ला अदालत गौर लैजाने क्रममा हिजो दुर्घटनामा परी ज्यान गुुमाएका थुनुवाहरुको परिवारले १० लाखका दरले क्षतिपूर्ति पाउने भएका छन् ।  क्षतिपुर्ति दिने सहमतिपछि आफन्तले दाहसंस्कारका लागि शप बुझेका छन् । 

ईलाका प्रहरी कार्यालय चन्द्रपुरमा बसेको बैठकमा स्थानीय जनप्रतिनिधि,प्रहरी र मृतकका आफन्तबीच क्षतीपुर्तिका लागि सहमति भएपछि अपरान्ह ४ बजे मृतकका परिवारजनले शव बुझेका हुन् ।  मृतक परिवारलाई जनही १०–१० लाख रुपैयाँ,मृतकका श्रीमतीलाई क्षमता अनुसारको जागिर र उनका बालबालिकालाई निशुल्क शिक्षा दिने सहमति भएको चन्द्रपुर ५ का मृतक थुनुवा निर्मल साहकी आमा गायत्री साहले बताइन् ।

बैठकको निर्णय कार्वान्वयनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत गृहमन्त्रालयलाई सिफारिस गर्ने सहमति भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका निमित प्रमुख डिएसपी
ज्ञानकुमार महतोले जानकारी दिए ।

सहमतिपछि मृतकका आफन्तहरु शव बुझन नारायणी अस्पताल वीरगञ्ज गएको डिएसपी महतोले जानकारी दिए । बैठकमा संघीय सांसद देवप्रसाद तिमलसिना,चन्द्रपुर नगरप्रमुख रामचन्द्र चौधरी, ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी निरिक्षक सन्तोष पाठक र मृतकका आफन्तहरुको सहभागिता रहेको थियो ।

प्रहरीको लापारवाहीका कारण थुनुवाको ज्यान गएको भन्दै मृतकका आफन्तले केही समय चन्द्रपुरको मुख्य बाटोमा चक्का जाम गर्नुका साथै प्रहरीमा धर्ना दिएका थिए । गौर चन्द्रपुर सडकखण्डमा बालच्नपुरस्थित मंगलवार प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने प्रहरीसहित अन्य ८ जना घाइते भएका थिए ।

थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको थियो ।  भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परेर लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साह र सवारी ज्यान मुद्दाका सुनसरी इनर्वा १ का ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको थियो ।       

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घटनास्थलमै ज्यान गएको भएपनि प्रहरीले उपचारका लागि भन्दै वीरगञ्ज लगेको स्थानीयको भनाइ रहेको छ ।  दुर्घटनामा प्रहरी जवानद्धय हरीकिशोर चौधरी र अजय यादव गम्भीर घाइते भएका छन् ।  दुर्घटनामा परेको गाडी इलाका प्रहरी कार्यालयको चन्द्रनिगाहपुरको नभएको पाइएको छ । 

काठ चोरीमा प्रयोग भएको बोलेरो पिकअप गाडी जिल्ला वन कार्यालयले करिव ६ महिना अगाडी बरामद गरेको थियो ।     उक्त गाडीलाई मर्मत नै नगरी म्याद थपका लागि आरोपीहरुलाई लैजाने क्रममा १० जना चढेका थिए । 

गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको स्थानीयवासी बताउँछन् । मृतक मुकेश भन्ने निर्मल साहकी आमा गायत्री साहले आफ्नो छोराको प्रहरी लापारवाहीले ज्यान गएको बताएकी छिन् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप