शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमडब्ल्यूसी शांघाइ २०१९मा ओपोका अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

बुधबार, ११ असार २०७६, १८ : २७
बुधबार, ११ असार २०७६

शांघाइ– ओपोले एमडब्ल्यूसी शांघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता सहितको अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रदर्शित गरेको छ ।

साथै, ओपो उपकरणका बीच एकआपसमा ३ किलोमिटर सम्मको रेञ्ज सम्म विना सेल्यूलर नेटवर्क, वाइफाइ वा ब्ल्यूटुथ– टेक्स्ट, भ्वाइस म्यासेज तथा रियलटाइम भ्वाइस कल्स गर्न सकिने प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि मेशटक प्रविधिपनि पहिलो पटक प्रदर्शित गरिएको छ । 

“ओपो आफ्ना प्रयोगकर्तालाई उत्कृष्ट तथा सहज प्रयोग अनुभव प्रदान गर्न, उत्पादन तथा प्रविधिमा नवप्रबर्तनका लागि सदैव प्रतिबद्ध छ ।” ओपोका उत्पादन ब्यवस्थापक काउ जियाडङले भने , “यूएससी र मेशटक भविस्य लक्षित ओपोका भिजनको एक अंश हो ।

यिनले औद्योगिक प्राविधिक क्रान्तिलाई शून्यबाट एक पु¥याई उत्थानमा तेवा पु¥याउने हाम्रो आशा छ । हामी हाम्रा प्राविधिक नवप्रबर्तनलाई प्रयोगका परिदृष्यहरु खुला पार्ने तथा कल्पनाको परिधि थप फराकिलो बनाउने एक सटिक माध्यमका रुपमा लिन्छौँ ।”

यूएससी नयाँ पुस्ताका स्मार्टफोन फर्म फ्याक्टरमा ओपोको नौलो नवप्रबर्तन हो । फ्रन्ट क्यामेरा र स्क्रिन एकिकृत गरी यूएससीले प्रयोगकर्तालाई पूर्ण फूल स्क्रिनको अनुभवका साथै एकिकृत बडीको मज्जा प्रदान गर्ने क्षमता राख्छ । यो प्रविधिले प्रयोगकर्तालाई पूरै स्क्रिन हेर्न तथा खिच्न, तस्विर कैद गर्न, फेस अन्लक गर्नुका साथै भिडियो कल सुविधाको पनि उपयोग गर्न सकिन्छ । 

अनुकुलित क्यामेरा मोड्यूल

ओपोको नौलो अन्डर–स्क्रिन डिस्प्ले समाधानका रुपमा यूएससीले अनुकुलित क्यामेरा मोड्यूल प्रस्तुत गरेको छ । यसले धेरै प्रकास समावेस गराउनु, जोनिङ नियन्त्रणको सुविधाका साथै स्क्रिन मार्फत प्रकाश आर पार गराउन अत्यधिक पारदर्शी सामग्रीको प्रयोग गरिएको छ । साथै, ओपोको अनुकुलित अल्गोरिथम, हेज रिमुभल अल्गोरिथम र ह्वाइट ब्यालेन्स अल्गोरिथम मार्फत यूएससीले भविस्यमा स्मार्ट ब्यूटी मोड र फोटो फिल्टर्स लागायत फिचर्सपनि सपोर्ट गर्न सक्ने छ । 

रंगिन र जीवन्त तस्विर
 
स्मार्टफोन बहुउपयोगी साधनका रुपमा विकसित हुँदै गइरहँदा प्रयोगकर्ता माझ थप जीवन्त र फराकिलो स्क्रिन भ्यूको माग बढ्दै गइरहेको छ । वाटर–ड्रप स्क्रिनदेखि पिभोट स्ट्रक्चरदेखि आज प्रदर्शित यूएससी प्रविधि मार्फत ओपोले ‘पातलो र हल्का’ अनि ‘फूल स्क्रिन’ विचको सन्तुलन अन्वेषण गरिरहेको काउ जियाडङले बताए । उनले भने, “यूएससी प्रविधि मार्फत प्रयोगकर्तालाई वास्तविक फूल स्क्रिन अनुभव प्रदान गर्ने ओपो लक्ष्य रहेको छ ।”

मेशटक ओपोको नयाँ प्रोप्राइटरी विकेन्द्रित सञ्चार प्रविधि हो । यसले ३ किलोमिटर सम्मको क्षेत्रफलमा सेल्यूलर नेटवर्क, वाईफाई वा ब्लयूटूथको सहायता बिना नै टेक्स्ट, भ्वाइस म्यासेज तथा रियल टाइम भ्वाइस कल आदान प्रदान गर्न सघाउँछ ।

यस प्रविधिले धेरै यन्त्रलाई एड होक लोकल एरिया नेटवर्क (ल्यान) निर्माण गरी ग्रुप च्याट क्षमता तथा सिग्नल रिले मार्फत कम्यूनिकेशन रेञ्ज फराकिलो बनाउन सघाउँछ । ओपोका उपकरणहरु एकअर्कासंग सिग्नल रेञ्जमा हुँदा मेशटकले ल्यान कम्यूनिकेशन सम्भव गराउँछ । 

मेशटकको प्रविधि

मेशटक प्रविधिको विकासका लागि ओपोले आफ्नो कम्यूनिकेशन चिपसेट अनुकुलन गरी न्यून उर्जा खपत र लामो दूरीको सञ्चार माथि सफलता पाएको हो । मेशटक ईन्ड–टू–ईन्ड कम्प्यूनिकेशन्सका लागि नवप्रबर्तनात्मक प्रविधि र मोबाइलफोन सोल्यूसनका लागि मेश कम्यूनिकेशन्स सोल्यूसन हो ।

यसले प्रयोगकर्तालाई उच्च कोटिको ब्यक्तिगत गोपनियता अनुभव गर्ने अवसर प्रदान गर्छ । तसर्थ, कठिन वातावरनिय अवस्था भएका स्थान, आपतकालीन सञ्चार र आउटडोर वातावरणमा मेशटकको उपयोगिता अझ बढ्ने आशा गरिएको छ । 

यूएससी र मेशटक प्रदर्शनीका साथै ओपोले फाइभजी र आईओटी सम्बद्ध आफ्ना नविनतम उपलब्धीपनि प्रदर्शित गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप