यस्तो बन्यो उपराष्ट्रपतिको नयाँ कार्यालय र निवास, आज सरे उपराष्ट्रपति
काठमाडौं– उपराष्ट्रपतिको कार्यालय ग्रीन हाउस लैनचौरमा सरेको छ । उपराष्ट्रपतिको कार्यालय आज (बुधबार)बाट औपचारिक रुपमा बहादुर भवन, कान्तिपथबाट लैनरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको हो ।
उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी गराएको छ । मन्त्रिपरिषदले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार सुरु गरिएको थियो ।
उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भई सके पनि मर्मत सम्भारको काम बाँकी रहेकाले उपराष्ट्रपतिको कार्यालय औपचारिक रुपमा बुधबार मात्रै स्थानान्तरण भएको जनाइएको छ । हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ ।
उपराष्ट्रपतिको कार्यालय स्थापनाकालदेखि नै निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन कान्तिपथको एक भागमा थियो । उपराष्ट्रपति निवास भने कपुरधारा मार्गमा थियो । अब उपराष्ट्रपतिको कार्यालय र निवास आफ्नै स्वामित्वमा एकै स्थानमा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा