शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१६ औं राष्ट्रिय धान दिवस बर्दियामा

बुधबार, ११ असार २०७६, १७ : ००
बुधबार, ११ असार २०७६

काठमाडौं– सरकारले यस वर्षको धान दिवस वर्दियामा मनाउने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कृषि विभागले १६ औं राट्रिय धान दिवस वर्दियाको राजापुर नगरपालिका–८, धोविनीपुरमा मनाउन लागेको जानकारी दिएको हो ।

विगतका वर्षहरुमा उपत्यका भित्रका जिल्लाहरु मात्रै मनाउँदै आएको धान दिवस यसपटक उपत्यका बाहिरी मनाउन लागिएको हो ।  ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ यस वर्ष धान दिवसको मूल नारा रहेको छ । 

यसै अवसर पारेर विभागले धानको उत्पादन वृद्धि गरी धान बालीलाई राष्ट्रिय सम्वृद्धि हासिल गर्नका लागि सहयोगी क्षेत्रको रुपमा स्थापित गर्न सम्पूर्ण सरोकारवालाहरु एकजुट होऔं, आतेमालो गरौं भन्ने अपिल गर्दै सो नारा उठाइएको बताइएको छ । 

धान दिवस समारोहका लागि विभागले विभागका निवर्तमान महानिर्देशक डा.रेवतीरमण पौडेलको नेतृत्वमा ‘सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल समिति, २०७६’ समेत बनाएको छ ।
समितिले धान दिवस समारोहको सबै तयारी तथा प्रक्रियाहरु पुरा गरि सकिएको जानकारी दिएको छ ।   

विभागले २०६० सालदेखि प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप