शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनर्गठन हुँदैन, सरकारको काम देखेर प्रतिपक्षी डरायोः मन्त्री महासेठ

बुधबार, ११ असार २०७६, १६ : ५२
बुधबार, ११ असार २०७६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने दाबी गरेका छन् । 

बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रिमण्डल पुनर्गठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । 

उनले भने,‘मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखिनै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।’

उनले तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना नभएको स्पष्ट पारे । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तत्काल मन्त्रिमण्डल हेरफेर हुन्छ भन्ने आशयले नबोलेको उनको दाबी छ । 

उनले भने,‘मन्त्रिमण्डल पुनगर्ठन भएपनि अध्यक्षद्धयको सल्लाहमै हुन्छ । हुन सक्दैन भनेर भन्न सकिँदैन । यो पार्टीले गर्ने निर्णय हो । तर, तत्काल मैले यो सम्भावना देखेको छैन ।’

सरकार गठन भएको १७ महिना व्यतित भएको र यो अवधिमा सरकार कुनैपनि मोर्चामा असफल नभएको पनि उनले दाबी गरे । बरु, सरकारको काम देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस डराएको उनको आरोप छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप