बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा बैठक : सांसदका आ–आफ्नै चासो

बुधबार, ११ असार २०७६, १६ : ०१
बुधबार, ११ असार २०७६

काठमाडौँ– राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको सुन्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित  क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् ।

अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस सञ्चालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन माग गरिन् ।

सांसद दुर्गा प्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताए । 

सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे ।

सांसद नन्दा चपाईले नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एक समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ती जनाइन् ।

पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् । 

राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको बताइन् । 

सांसद बद्री पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा अतिथि भइ पुग्नुभएकी खानेपानी मन्त्रि बीना मगरलाई कालो झण्डा देखाउने काँग्रेस कार्यकर्तालाई पुलिस र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।

सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि श्रृङखलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानविन गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप