बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाका ४४ जनवर्गीय संगठन बृक्षारोपणमा सहभागी हुने

बुधबार, ११ असार २०७६, १६ : ००
बुधबार, ११ असार २०७६

काठमाडौँ– नेकपाका सचिवालय सदस्य तथा अखिल नेपाल किसान महासंघका संयोजक वामदेव गौतमको संयोजनमा पार्टीका ४४ जनवर्गीय संगठनहरुको संयुक्त भेला बसेको छ । 

बुधबार बसेको भेलाले नेपाल सरकारले घोषणा गरेको वृक्षारोपण वर्षलाई सफल पार्न असार १४ गते वृक्षारोपण कार्यक्रममा सक्रियतापूर्वक भाग लिने निर्णय गरेको छ ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको विशेष उपस्थिति रहेको थियो ।  
नेपाल सरकारले यस आर्थिक वर्ष २०७६÷०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने निर्णय गर्नुका साथै असार १४ गते राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरी वार्षिक वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको थियो ।
 उक्त दिन नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) सम्बद्ध जनवर्गीय संगठनहरुले सरकारको निर्णयलाई समर्थन गर्दै वर्षभरि अत्यन्तै उत्साहका साथ कार्यक्रममा भाग लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप