विश्वकपमा सट्टेबाजी गर्ने व्यापारी पक्राउ
विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह छन् ।
भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएका शाह विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ ।
पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।
कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । शाह खाद्यान्न व्यापारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार