शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो होला साम्राज्ञीसँग सलिमानको जोडी रोमान्स ‘ए मेरो हजुर २’ ?

बुधबार, २५ साउन २०७४, १३ : ३९
बुधबार, २५ साउन २०७४

काठमाडौं – पहिलो चलचित्रबाटै मनग्य चर्चा बढुलेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजुर २’ रिलिजको संघारमा छ । 
डेब्यु चलचित्र अभिनेता अनमोल केसीसँग स्क्रिन शेयर गरेकी उनले ‘ए मेरो हजुर २’मा भने नव अभिनेता सलिनमान बानियाँसँग रोमान्स गरेकी छन् । ट्रेलर र गीतका आधारमा भन्ने हो सलिमानसँग उनको रोमान्स सफल हुने देखिएको छ । किनभने चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको ट्रेलर र गीत दर्शकको रोजाइमा पर्न सफल भएको छ । अभिनेता सलिनमानले पनि चलचित्र रिलिज नहँुदै चर्चा बढुल्न सफल देखिएका छन् ।
‘ए मेरो हजर २’ सफल अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र हो । उनको यो निर्देशनमा डेब्यु चलचित्र हो । सफल चलचित्र ‘ए मेरो हजुर’को सिक्वेलको रुपमा निर्माण भएको यो पनि सफल हुनेमा उनी आसावादी छ । 
त्यसो त अभिनेत्री झरनाले चलचित्र निर्माणका लागि कम मिहेनत भने गरेकी छैनन् । चलचित्रको लेखन समेत आफैले गरेकी झरनाले कलाकार छनौटका लागि पनि निकै दुःख गरेकी छन् । ‘ड्रिम’ अभिनयमा देखिएकी साम्राज्ञीलाई अनुबन्धित गर्न झरनालाई गाह््यो परेन । तर अभिनेता छान्न भने उनले  निक्कै मिहिनेत गर्नु पर्यो ।
‘बोल्ड एण्ड ब्युटी साम्राज्ञीको अपोजिटमा सुहाउने केटा चाहिएको थियो’ झरनाले भनिन् ‘आकर्षक अनुहार फेला नपार्दा चलचित्र छायाँकनको लागि ढिला भैरहेको थियो ।’ ‘सलिनको तस्विर मेरो हातमा पर्यो । चिनजानेको ब्यक्ति मार्फत सलिनको बारेमा जानकारी लिएर छाने’ झरनाले थपिन् । 
छनौट पुर्व सलिमानको तस्बिर साम्राज्ञीलाई देखाएको र उनले ‘एस’ भएपछि मात्र आफुले फाइनल गरेको झरनाले सुनाइन् । 
झरनाको चलचित्र ‘ए मेरो हजर २’मा सलिनमान र साम्राज्ञीका अलावा सलोन बस्नेत, अनुभव रेग्मी, विल्सनविक्रम राई, अम्बर सुवेदी, सुमन पौडेल, बुद्दी तामाङ, अनुवर कुँवर लगायतका कलाकारको अभिनय रहेको छ । 
बसन्त सापकोटा र कल्याण सिंहको संगीत, संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्वन्द रहेको यो चलचित्र १६भदौबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप