शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलाली कञ्चनपुरका हावाहुरी प्रभावितको अवस्था बुझ्न टोली गठन

बुधबार, ११ असार २०७६, १३ : ४४
बुधबार, ११ असार २०७६

काठमाडौँ– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले कैलाली र कञ्चनपुरका हावाहुरी प्रभावितको अवस्था बुझ्न एक कार्यदल बनाएको छ । 

बिहिबार बसेको समितिको बैठकमा ७ सदस्यीय अवलोकन गर्न टोली बनाइएको हो । 

जेठ २३ गते ति जिल्लामा हावाहुरीका कारण दुई जनाको मृत्यु भएको थियो भने धेरै ब्यक्तिहरु घाइते हुनुका साथै सयौंको घरमा क्षति पुगेको थियो । उनीहरुले राहत पाएको नपाएको अवस्था, घाइतको उपचारको अवस्था लगायतबारे स्थलगत रुपमा बुझ्न समितिले टोली खटाउन लागेको हो । 

सो टोलीमा सांसदहरु झपट रावल, यशोदा सुवेदी, दिलेन्द्र प्रसाद बडुु, देवेन्द्रराज कँडेल, रामसहाय प्रसाद यादव, राजेन्द्र श्रेष्ठ र लक्ष्मी चौधरी छन् । 

स्थलगत रुपमा अवलोकन गरेर उनीहरुले समितिलाई प्रतिबेदन बुझाउनेछन्  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप