मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जसुदा स्मृति पुरस्कार साहित्यकार बालिका थपलियालाई

बुधबार, ११ असार २०७६, १३ : ४१
बुधबार, ११ असार २०७६

यस वर्षको जसुदा स्मृति पुरस्कार लेखक बालिका थपलियालाई प्रदान गरिने भएको छ ।

कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधानले उक्त पुरस्कार स्थापना गरेका हुन् ।

गत असार ५ गते बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले थपलियालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

थपलियालाई यही असार २९ गते भानु जयन्तीका दिन एक समारोहका बीच सो पुरस्कार प्रदान गरिनेछ । जसमा नगद र सम्मान–पत्र समावेश रहेको छ ।

अघिल्लो वर्ष यो पुरस्कार युवा पुस्ताका प्रखर कवि अन्बेश थुलुङलाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप