मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा नरेश शाक्य चयन

बुधबार, ११ असार २०७६, १३ : ३८
बुधबार, ११ असार २०७६

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग अफिसमा कार्यकारी निर्देशक छन् । त्यसै गरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियुक्त गरेको छ । 

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक¬–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप