मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बालुवाटार जग्गा प्रकरण : ८६ जनालाई अख्तियारको ७ दिने सूचना (नामावलीसहित)

बुधबार, ११ असार २०७६, १३ : २१
बुधबार, ११ असार २०७६

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । 

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो । 

अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन् । तर, यसअघि यो प्रकरणमा मुछिएका डा. शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइनेछ । 

अख्तियारका अनुसार  फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ । 

हेर्नुहोस् बयानका लागि बोलाइएकोहरुको नामावली :- 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप