मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौ महानगरपालिकाले तोक्यो सवारीसाधन पार्किङ शुल्क, कुन ठाउँमा कति लाग्छ ?

बुधबार, ११ असार २०७६, १३ : १८
बुधबार, ११ असार २०७६

काठमाडौं–काठमाडौ महानगर पालिकाले सवारी साधनको पार्किङ शुल्क तोकेको छ । असार १० गते पेश भएको महानगरको बजेट मार्फत सवारीसाधन पार्किङको शुल्क तोकिएको हो । महानरले दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ तोकेको छ । 

न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्ग लगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको काठमाडौ मध्य भागका क्षेत्रमा यो शुल्क लाग्नेछ ।  

महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटो लगायत तोकिएका स्थानमाका दुई पांग्रेको लागि प्रतिघण्टा १५ रुपैयाँ,  चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र सो भन्दा बढीको लागि प्रतिघण्टा सय रुपैयाँ तोकिएको छ । 
यस्तै महानगरले नीजि घर जग्गामा पनि काठमाडौ महानगरपालिबाट व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप