मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आज हुने भनिएको एसईईको नतिजा सर्यो, बिहिबार प्रकाशित हुने

बुधबार, ११ असार २०७६, १३ : १०
बुधबार, ११ असार २०७६

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल बिहीबार (भोलि) प्रकाशित गर्ने भएको छ ।

बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा बिहिबार मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले रातोपाटीसँग कुरा गर्दै भने, ‘हामी तयारी गर्दैछौं । भोलिसम्ममा परीक्षाफल प्रकाशित हुनेछ ।’

परीक्षाफल प्रकाशित गर्न केही सामान्य काम बाँकी रहेको जानकारी दिँदै अधिकांश तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको शर्माले बताए ।

भोलि राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने गरी तयारी भैरहेको उपनियन्त्रक  शर्मालको भनाई छ ।

‘केही विद्यार्थीले एक÷दुई वटा विषयमा कम अंक ल्याएको देखिएकाले उनीहरूको कपी रुजु गर्ने काम भइरहेको छ,’ शर्माले भने ।

बोर्डले यो वर्षदेखि पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यो वर्षबाट पहिलोपटक प्रदेशअन्तर्गत परीक्षाफल प्रकाशित गर्न लागिएको जानकारी दिए ।

गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।  पनिकाले गत वर्ष पनि असार ११ गते परीक्षाफल प्रकाशित गरेको थियो ।

जीपीए जाँच्नुपर्ने र केही त्रुटि देखिएमा सच्याउनुपर्ने भएकाले सबै तयारी पुरा गरेर नतिजा आउने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप