शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौमा घर घडेरी कति हुनेले कतिसम्म कर तिर्नुपर्छ ?

बुधबार, ११ असार २०७६, १३ : ००
बुधबार, ११ असार २०७६

काठमाडौं–काठमाडौ महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले बजेट सार्वजनिक गर्दै  सम्पत्तिको कर निर्धारण गरेको छ । महानगरले ०.०१० प्रतिशतदेखि ०.६०० प्रतिशतसम्म भवन र जग्गाको कर निर्धारण गरेको छ । 

शुरुको एक करोडको घरजग्गामा एक हजार कर तिर्नुपर्छ । पहिलो एक करोडमा एक हजार कर सँगै रकम अनुसार कर बढ्दै जानेछ । २ करोड मूल्यको घर जग्गामा २५ सय कर लाग्नेछ । महानगरले सार्वजनिक गरेको सम्पत्ति कर अनुसार ३ करोडको घरजग्गामा ०.२० प्रतिशत अर्थात ४५ सय कर तिर्नुपर्नेछ ।

४ करोडको सम्पत्तिमा ८ हजार ५ सय तिर्नु पर्नेछ । ५ करोडको सम्पत्तिमा १४ हजार ५ सय कर तिर्नुपर्नेछ । 

यसैगरी ६ करोड बराबरको घरजग्गाको ०.१०० प्रतिशतका दरले २४ हजार ५ सय रुपैयाँ कर लाग्नेछ । ८ करोड रुपैयाँ बराबरको घरजग्गामा ०.३०० प्रतिशतका दरले ८४ हजार ५ सय कर तिर्नुपर्नेछ ।

१० करोड रुपैयाँको घरजग्गामा ०.४५० प्रतिशतकादरले १ लाख ७४ हजार ५ सय रुपैयाँ कर बुझाउनु पर्ने व्यवस्था भएको छ । यता १० करोड रुपैयाँ माथिको घरजग्गाको कर ०.६०० कादरले बुझाउनु पर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप