महिला पार्टनरसँग भेटिइन् हराइरहेकी श्रीमती
भारतको राजस्थानको अलवर जिल्लामा एक महिला हराइरहेको मामालाले नयाँ मोड लिएको छ । ज्योति नामकी महिलाले एक महिनाअघि आफ्नो घर छोडेकी थिइन् तत्पश्चात् श्रीमान् गोपाल सिंहले बेपत्ताको रिपार्ट दर्ता गराएको थियो । गोपालले पुलिस रिपोर्टमा जून १ तारिखदेखि उनकी श्रीमती अलवरको शाहजहांपुर इलाकाबाट हराइरहेको बताएका थिए ।
ज्योतिको तर्फबाट दर्ता गरिएको बयान अनुसार उनको गोपालसँग जबरजस्ती विवाह गराइएको थियो । जून १ मा जब गोपाल कामको सिलसिलामा घरबाट बाहिर गएका थिए तब ज्योतिले आफ्नो पार्टनर गुञ्जन बाइलाई बोलाइन् । त्यहाँबाट दुई हरियाणाबाट मानेसर भागे । पुलिसले ज्योति र गुञ्जनलाई सँगै बसिरहेको भेटे । गुञ्जन एक राष्ट्रिय स्तरकी खेलाडी हुन् ।
राजस्थान पुलिसले भने, ‘श्रीमानको उजुरीको आधारमा हामीले ज्योतिको खोजी गर्न थाल्यौं । मोबाइल नेटवर्कमार्फत् हामीले ज्योतिसम्म पुग्ने कोसिस गर्यौं र उनलाई मानेसरमा पायौं । हामीले दुई महिलालाई अलवर लिएर आएका छौं जहाँ उनीहरुले आफू पछिल्लो चार वर्षदेखि सम्बन्धमा भएको स्विकारेका छन् ।’
ज्योतिले आफू पार्टनर गुञ्जनसँग विवाह गर्न चाहेको तर परिवारले उनको विवाह जबरजस्ती गोपालसँग गराइदिएको पुलिसलाई बताइन् । ज्योतिका अनुसार उनका श्रीमान् गोपाल उनलाई घरको एउटा कोठामा बन्द गरेर शाहजहांपुरस्थित कारखानामा काम गर्न जान्थे ।
ज्योति र गुञ्जनलाई मेजिस्ट्रेटको अदालतमा पेश गरियो जहाँ ज्योतिले आफ्नो श्रीमानसँग बस्न अस्विकार गर्दै आफ्नी पार्टनरसँग फिर्ता जाने इच्छा जताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?