शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपराजित लक्ष्यमा न्युजिल्यान्ड

बुधबार, ११ असार २०७६, ०९ : ०४
बुधबार, ११ असार २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (बुधबार) साँझ न्युजिल्यान्ड र दक्षिण एसियाली टोली पाकिस्तान भिड्दैछन् । एजबास्टन मैदानमा साझ ३ः१५ बजे सुरु हुने खेलमा न्युजिल्यान्ड आफ्नो अपराजित यात्रा जारी राख्ने लक्ष्यमा छ । पाकिस्तान बलियो न्युजिल्यान्डलाई हराउँदै विश्वकपमा टिकि रहने दाउमा छ । 

सन् १९९२ को विश्वकप विजेता पाकिस्तान यसपटक त्यति जम्न सकेको छैन । न्युजिल्यान्ड यसपटक निकै बलियो देखिएको छ । ६ खेलमा अपराजित रहेको न्युजिल्यान्ड ११ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट ५ अंक बनाएको पाकिस्तान सातौं स्थानमा छ ।

ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको न्युजिल्यान्ड यसपटक उपाधिको दावेदार टोली हो । पाकिस्तानको प्रदर्शन भने उतारचढाव रहेको छ । 

यसअघि दुई टोलीबीच विश्वकपमा भएको भिडन्तमा भने पाकिस्तान बलियो देखिएको छ । विश्वकपमा यी दुई टोली आठ पटक भिडेका छन् । जसमा पाकिस्तानले ६ र युजिल्यान्डले दुई खेल जितेको छ । त्यसैले इतिहासमा बलियो पाकिस्तान र बर्तमानको उत्कृष्ट न्युजिल्यान्डबीचको आजको भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप