शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बुधबार, ११ असार २०७६, ०८ : ४२
बुधबार, ११ असार २०७६

दाङमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका– १० सौडीकुलामा घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख २६३४ नं.को ट्रकले विपरीत दिशातर्फ हिडिरहेको रा १ प ५३३१ नं. को मोटरसाइकललाई गयराती ठक्कर दिँदा मोटरसाइकल चालक ३३ वर्षीय कमानसिंह वलीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–जलौराका घाइते वलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप