गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गर्ने तयारी
बुधबार, ११ असार २०७६, ०६ : २८
वसन्तपुरस्थित गद्दी बैठक सर्वसाधारणले अवलोकन गर्नका लागि खुला गरिने भएको छ । गद्दी बैठक खुला भएपछि शुल्क तिरेर अवलोकन गर्न पाइने छ ।
हाल इन्द्रजात्राका दिनमा मात्र गद्दी बैठक प्रयोगमा आउने गरेको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले प्रयोजनविहीन अवस्थामा राखिरहनुभन्दा इन्द्रजात्राका दिनबाहेक सर्वसाधारणका लागि खुला गर्नु उपयुक्त हुने बताउँदै भने, “आगामी इन्द्रजात्राभन्दा अगाडि अवलोकनका लागि खुला गर्ने योजना बनाएका छौँ । ”
गद्दी बैठक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालामा बनेको हो । २०७२ सालको भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकी सहयोगमा सबलीकरण गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ