नेपालगञ्ज उपमहानगरपालिकाको बजेट दुई अर्ब २८ करोड
बाँके-नेपालगञ्ज उपमहानगरपालिकाको आज भएको पाँचाँै नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरउपप्रमुख उमा थापामगरले चालू खर्चतर्फ रु एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ रु एक अर्ब चार करोड ३७ लाख ८१ हजार विनियोजित बजेट प्रस्तुत गरेकी हुन् । गत आव २०७४÷७५ मा आन्तरिक स्रोततर्फ रु १४ करोड ११ लाख आय अनुमान गरिएकोमा हालसम्म रु १२ करोड ११ लाख ३७ हजार राजश्व असुल भई करीब ८५ दशमलव ८२ प्रतिशत लक्ष्य हासिल भएको बजेट वक्तव्यमा उल्लेख छ ।
हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दै प्रस्तुत बजेटमा आन्तरिक स्रोत अनुमानको ९० प्रतिशतभन्दा बढी लक्ष्य प्राप्ति हुने पनि अनुमान गरिएको छ । आगामी आगामी आवको आन्तरिक स्रोतको आय अनुमान रु १७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । आगामी आवमा एशियाली विकास बैङ्क, नगरविकास कोष र बाह्य स्रोतबाट प्राप्त हुने ऋण तथा अनुदानहरु रु एक अर्ब आठ करोडसमेत गरी कूल आय रु दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार हुने अनुमान गरिएको हो ।
नगरप्रमुख डा.धवलशम्शेर राणाले पेश गर्नुभएको नीति तथा कार्यक्रम र उपप्रमुख उमा थापामगरले पेश गर्नु भएको बजेट परिमार्जन र संशोधनसहित स्वीकृत गरिएको छ । नगरप्रमुख डा राणाले आव २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगञ्जलाई विकासको उत्कृष्ट शहर बनाउने उद्घोष गरे ।
यसैबीच बाँकेको कोहलपुर नगरपालिकाले आगामी वर्ष २०७६÷७७ को लागि रु ८० करोड ६१ लाख १७ हजार ४२२ को बजेट प्रस्तुत भएको छ । नगरउपप्रमुख सञ्जुकुमारी चौधरीले प्रस्तुत गर्नुभएको बजेटमा चालू खर्चतर्फ रु १४ करोड ७७ लाख ६१ हजार र पूँजीगततर्फ रु ५३ करोड २१ लाख ४७ हजार ६०६ विनियोजन गरिएको छ । नगरप्रमुख लुटबहादुर रावतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’