शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भेरी नगरपालिकाको बजेट ४४ करोड ५९ लाख

मङ्गलबार, १० असार २०७६, २२ : ४८
मङ्गलबार, १० असार २०७६

जाजरकोट- भेरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४४ करोड ५९ लाखको बजेट पारित गरेको छ । सदरमुकाम खलङ्गामा भएको पाँचौ नगरसभाको बैठकमा उपप्रमुख भावना भण्डारीले आव २०७६/७७ को बजेट पेश गरिन् । 

उपप्रमुख भण्डारीले सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण निशर्त अनुदान रु ११ करोड ७६ लाख, सशर्त अनुदान रु २० करोड ४० लाख, राजश्व बाँडफाँडबाट रु १० करोड तीन लाख र प्रदेश सरकारबाट निशर्त अनुदान तथा राजश्व बाँडफाँड गरी रु एक करोड १५ लाख र नगरपालिकाको आन्तरिक स्रोत रु एक करोड २५ लाख प्राप्त हुने जानकारी गराइन् । 

नगरसभाले  पूर्वाधार विकासमा सबैभन्दा बढी रु १२ करोड ९६ लाख  विनियोजन गरेको छ भने सामाजिक विकासमा रु दुई करोड ५८ लाख, आर्थिक विकासमा रु एक करोड ५५ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड तीन लाख, सुशासन तथा संस्थागत विकासमा रु एक करोड तीन लाख विनियोजन गरिएको छ ।

नगरसभाले विपन्न नागरिकका लागि विशेष कार्यक्रम, स्वास्थ्य कार्यक्रम, समुदाय सशक्तिकरण कार्यक्रम, पूर्ण सरसफाइ कार्यक्रम, जातीय विभेद् विरुद्धको अभियान, नगर किसान हातेमालो कार्यक्रम, शीघ्र प्रभाव लगायतका कार्यक्रमका लागि विशेष बजेटको व्यवस्था गरिएको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बजेट कार्यान्वयनमा सबै पक्षको साथ र सहयोगको आवश्यकता औँल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप