बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

विकासका कार्यमा अवरोध असैह्यः मन्त्री मगर

मङ्गलबार, १० असार २०७६, २२ : ०८
मङ्गलबार, १० असार २०७६

कञ्चनपुर खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गरेकी छिन् । बेलौरी नगरपालिकाको चौथो नगरसभामा आज उनले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताइन् ।

नगर क्षेत्रलाई नमूनाका रुपमा विकास गरेर देखाउने उल्लेख गर्दै उनले नगरको दिगो विकासका लागि कटिबद्ध रहेको बताइन् । बेलौरीमा भन्सार नाका खोल्ने, पर्यटकीय गन्तव्यको सूचीमा परेको बन्दताल संरक्षण गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडकको सहज सुविधा पु¥याउने कार्य अगाडि बढेकाले नमूना शहर बनाउने कार्यमा विलम्ब नहुने उनले बताइन् । 

उनले भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी शहरको परिकल्पना बोकेर कार्य अगाडि बढाउने योजना अघि सारेको बताए । बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । चौथो नगरसभामा नगरउपप्रमुख चित्रकुमारी चौधरीले आव २०७६÷७७ को लागि रु ६० करोड ८५ लाख ९४ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप