एसइईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी
मङ्गलबार, १० असार २०७६, २१ : ४५
भक्तपुर-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ ।
विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक त्रुटी नभए भोलिसम्ममा र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।
कार्यालयले आज सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ