शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही र दाङमा चट्याङ लागेर ६ जनाको ज्यान गयो

मङ्गलबार, १० असार २०७६, २१ : ४०
मङ्गलबार, १० असार २०७६

दाङ र रुपन्देहीमा चट्याङ लागेर ६ जनाले ज्यान गुमाएका छन् । 

रुपन्देहीमा मंगलबार साँझ परेको पानीसँगै परेको चट्याङ लागि छुट्टाछुट्टै स्थानमा ३ जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीका ६२ वर्षीय चन्द्र बहादुर विक रहेका छन् । घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका बिकको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यस्तै कञ्चन गाउँपालिका वडा नंं २ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्यालको पनि घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ ।

यता गैडहवा गाउँपालिका वडा नंं ७ वर्गदैया बस्ने राम जित लोधको २५ बर्षका छोरा भागवत दास लोधलाई पनि तरकारी बारीमा जानेक्रममा चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।

यता दाङमा चट्याङले लागेर ३ जनाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका ३ मौरिघाटमा चट्याङ पर्दा १३ बर्षका साजन चौधरी, ११ बर्षका रमित चौधरी र ११ बर्षकै विनाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए । 

यस्तै चट्याङ लागेर ८ बर्षका अविनाश चौधरी गम्भीर घाइते भएका छन । घाइते चौधरीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप